तीनै तहको सहकार्यमा औधोगिक ग्राम सञ्चालन हुने

धनकुटा ४,चैत । कोशी प्रदेशका उद्योग,कृषि तथा सहकारी मन्त्री राम कुमार खत्रीले संघ,प्रदेश र स्थानीय सरकार संग मिलेर कोशी प्रदेशका औधोगिक ग्रामहरु सञ्चालन ल्याईने जानकारी दिनुभएको छ ।

 

खत्रीले आज धनकुटा नगरपालिका वडा नं.६ अमलेटारमा रहेको औधोगिक ग्रामको अवलोकन तथा निरिक्षण गर्दै खत्रीले कृषिमा आधारित औधोगिक ग्रामहरु सञ्चालनमा ल्याईने जानकारी दिनुभएको छ ।

 

‘उद्योग सञ्चालनको जिम्मा  तीनै तहको हो’ खत्रीले भन्नुभयो ‘हामी सबै संग छलफल गरेर नीति तथा कार्यक्रम बनाउँछौ ।’

 

कोशी प्रदेश अन्तर्गत १४ जिल्लामा सञ्चालित तथा सञ्चालनको तयारीमा रहेका एक स्थानिय तह एक औधोगिक  ग्रामहरुमा कृषि जन्य यद्योगहरु सञ्चालनमा ल्याउने योजना बनाईने खत्रीले जानकारी दिनुभयो ।

 

निरिक्षणका क्रममा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाका प्रमुख  ईश्वर थापाले औधोगिक ग्राम र यहाँ सञ्चालनमा रहेका लघु उद्यमहरुका बारेमा जानकारी दिनुभएको थियो ।

 

थापाले ५९ रोपनीमा निर्माणाधिन ६२ वटा ग्रामको भवनमा हाल निर्मित २७ वटा मध्ये नौ वटा भवनमा लघु उद्योगहरु सन्चालनमा रहेको जानकारी दिनुभएको थियो ।

 

मन्त्री खत्रीले ग्राममा आवश्यक खानेपानी आपूर्ति तथा उद्योगहरु पूर्ण रुपमा सञ्चालनमा ल्यान पहलकदमी गरिने लगाएतका बिषयमा सहयोग गर्ने आश्वसन दिनुभएको छ ।

 

मन्त्री खत्रीले आजै घरेलु तथा साना उद्योग कार्यालय धनकुटा,कृषि ज्ञान केन्द्र धनकुटा,पशु सेवा कार्यालय धनकुटा र धनकुटा बहुमखी क्याम्पसको निरिक्षण गरेर यसको बस्तुस्थितिको बारेमा जानकारी लिनुभएको छ । 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖