पाख्रीबासको फाङ्दुवा पञ्चकन्या साल्बोटेमा दुई दिने मिनिमेला तथा भलिबल प्रतियोगिता सञ्चालन हुने
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ३ स्थित फाङ्दुवा पञ्चकन्या साल्बोटेमा दुई दिने मिनिमेला तथा भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
पञ्चकन्यादेवी सिमसार संरक्षण तथा पर्यटन प्रवद्वन समितिको आयोजनामा फागु पुर्णिामा होली पर्वको अवसरमा चैत ११ र १२ गते दुई दिन स्थानीय तथा राष्ट्रिय कलाकार जुनी खालिङ राईको सांगीतिक कार्यक्रम सहित खुल्ला पुरुष भलिबल प्रतियोगिता आयाेजना गर्ने भएको समितिका अध्यक्ष सरन कुमार राईले जानकारी दिनुभयो ।
उक्त मेला तथा भलिबल प्रतियोगिता फाङदुवाली भाषा संस्कृतिकाे विकास तथा प्रवद्वन गर्ने उद्वेश्यले आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।
११ गते स्थानीय कलाकारको साथमा राष्ट्रिय कलाकार जुनी खालिङको सास्कृतिक कार्यक्रम रहेको छ भने १२ गते भलिबल प्रतियोगिता तथा मेला समापन कार्यक्रम रहेको समितिका अध्यक्ष राइले बताउनुभयो ।
भलिबल प्रतियोगिताको प्रथम पुरस्कार १५ हजार सहित मेडल,प्रमाणपत्र र दोस्रो साढे ७ हजार सहित प्रमाणपत्र, मेडल पुरस्कार रहेको छ ।


