पाख्रीबास ९ उत्तरपानीमा १ महिने सुइटर बुन्ने तालिम सुरु

धनकुटा । गरिबी निवारणका लागि लघुउद्यम विकाश कार्यक्रम (मेडपा)अन्तर्गत पाख्रीबास नगरपालिका वडा नं ९ उत्तरपानीमा १ महिने सुइटर बुन्ने तालिम सुरु भएको छ ।

हाते हाेजियारी सम्बन्धि आधारभुत सिपविकास तालिम अन्तरगत वडा नं ९ उत्तरपानीमा साेमबार देखि १ महिने सुइटर बुन्ने तालिम सुरु भएको कार्यवाहक वडाअध्यक्ष पहलमान घिसिङले जानकारी दिनुभएको छ ।

उक्त तालिममा वडाका १३ जना महिलाको सहभागीता रहेको छ । तालिममा सहभागी महीलाहरुलाइ मेडपाका प्रशिक्षकले तालिमको सहजीकरण गरिरहेकाे छ ।

तालिम उदघाट्न कार्यक्रममा कार्यवाहक वडा अध्यक्ष पहलमान घिसिङ , वडा सदस्य मदन आले ,वडा सचिव अनिल तिम्सिना लगायतको उपस्थितिमा सम्पन्न भएको थियोे ।

त्यसै गरि चैत  १५ गते देखि थप डल र कुसन बुन्ने तालिम सञ्चालन गरिने  कार्यवाहक वडा अध्यक्ष घिसिङले बताउनुभयो । महिलाको सिप विकास गर्न तालिम दिदै घरैमा स्वरोजगार बनाउने उदेश्यले तालिम सञ्चालन गरेको वडाले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।