बर्षा भए संगै धनकुटा जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा
धनकुटा,७ चैत । लामो समय सम्म परेको खडेरी पछि बुधबार बिहान बाट बर्षा भए संगै धनकुटा जिल्लाका विभिन्न सामुदायिक बनमा लागेको डढेलो नियन्त्रणमा आएको छ ।
जिल्लाका विभिन्न स्थानमा रहेका सामुदायिक बनमा लागेको आगो बस्तीमा पस्दा धनकुटामा निकै ठूलो मात्रामा धनमालको नष्ट भएको थियो ।
डढेलोका कारण घर,गोठ जल्नुको साथै खानेपानीका पाइप समेत आगलागीमा परी नष्ट भएका थिए भने सामुदायिक वनमा डढेलो लाग्दा लाखौ मुल्यका काठ, तथा जडिबुटी समेत नष्ट भएको थियो ।


