छथर जोरपाटीमा डढेलोका कारण २ हजार मिटर निर्माणाधीन खानेपानीको पाइप नष्ट
धनकुटा,७ चैत । खानेपानीको चरम समस्या रहेको धनकुटाको छथर जोरपाटी गाउँपालिको तांखुवा र तेलियाका स्थानिय लाई पानी वितरणका लागि संघिय खानेपानी तथा ढल निकास आयोजना धनकुटा संगको सम्झौता अनुसार एल पी एस सिद्धकाली जे. वीले निर्माणगरि रहेको छथर जोरपाटी बृहत खानेपानी आयोजनाका लागी बिछ्याएको एच.डि.पी.इ पाइप १४० एम.एम, ४० एम.एम, ३२ एम.एम २५ एम.एमको करिब २ हजार मिटर खानेपानीको पोलेथिन पाइप पाथीभारा सामुदायीक वनमा लागेको डढेलोका कारण नष्ट भएको छथर जोरपाटी गाउँपालिका ४ का वडा सचिव शंकर ओझाले जानकारी दिए ।
बिछ्याएको पाइप डढेकोका कारण नष्ट भए संगै आयोजनाको काम समेत प्रभावित भएको जनाइएको छ ।


