धनकुटामा पहिलो पल्ट प्रदेश मन्त्री परिषदको बैठक वस्ने

धनकुटा । धनकुटामा रहेको मुख्य मन्त्रीको सम्पर्क कार्यालयमा पहिलो पटक कोशी प्रदेशको मन्त्री परिषदको बैठक चैत्र १३ गते मंगलवार वस्ने भएकोले स्वागत गर्न नेपाली कांग्रेस धनकुटाले सवै धनुकटा नगरवासी तथा जिल्लावासीहरुमा आज विज्ञप्ती प्रकाशित गरी अपिल गरेको छ ।

नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई र जिल्ला सचिव विजय सन्तोषी राई ,जयन्द्र घिििसगले संयूक्त रुपमा विज्ञप्ती प्रकाशित गरी अपिल गर्दै नेपाली कांग्रेसकोका नेता केदार कार्कीको नेतृत्वमा गठिन प्रदेश सरकारले धनकुटाको सम्पर्क कार्यालयमा पहिलो पटक मन्त्री परिषदको बैठक चैत्र १३ गते मगलवार वस्ने भएकोले सवै धनकुटा नगरवासी तथा जिल्लावासीहरुलाई भव्य रुपमा स्वागत गर्न अनुरोध गर्नु भएको हो ।

२०७४ सालमा शेरधन राईको नेतृत्वमा गठन भएको सरकारले मुख्य मन्त्रीको सम्पर्क कार्यालय धनकुटामा उद्घाटन गरेता पनि यहाबाट कुनै काम पनि नभएको र मुख्य मन्त्रीहरु पनि नआउने गरेकोले यस कार्यालय नाममात्रको रहेकोमा पछिल्लो नेपाली कांग्रेसका नेता केदार कार्कीको नेतृत्वमा गठित कोशी प्रदेश सरकारको बैठक महिनाको एक पटक धनकुटामा वस्ने नेपाली कांग्रेस धनकुटाले अनुरोध गरेकोले मन्त्री परिषदको बैठक वस्ने लागेको हो ।

राणाकालको गैडा पञ्चायतमा पूर्वाञ्चल विकास क्षेत्रको केन्द्र, प्रजातन्त्रकालमा समेत विकास क्षेत्रको राजधानी भएको धनकुटा गाणतन्त्र आएपछी प्रदेशको राजधानी विराटनगर लगेछि धनकुटा एक्कासी सक्दै गएको र धनकुटाको पहिचान र अस्तित्व समाप्त भएकोले धनकुटालाई पुर्नजिवित गर्न विशेष पहल गर्न नेपाली कांग्रेस धनकुटाले प्रदेश सरकारलाई धनकुटामा १ सय बेडका अस्पताल सहित शिक्षिण अस्पाल,पर्यटन क्षेत्रको केन्द्र बाउने लगायका विभिन्न योजनाहरु संचालनगर्न अनुरोध गर्दै आएको नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले वताउनु भयो ।

कोशी प्रदेशको पहिलो पटक धनकुटामा मन्त्री परिषदको बैठक वस्ने लागेकोले नेपाली कांग्रेस धनकुटाले सम्पूर्ण नगरवासिहरुलाई घर घरमा कलस तथा चौक चौकमा स्वागत व्यानर राख्न समेत उक्त अपिल मार्फत अनुरोध गरेको छ ।

कोशी प्रदेशको मन्त्री परिषदको बैठक वस्ने अघि चैत्र १३ गते १ बजे नेपाली कांग्रेस पार्टी कार्यालय धनकुटामा मुख्य मन्त्री केदार कार्की लगायत प्रदेशका मन्त्रीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम हुने भएकोले सवैलाई उपस्थितिको लागी नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राईले अनुरोध गर्नु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।