द रेड सुटकेस’को टिजर रिलिज, लुकाइयो सौगात–विपीन

काठमाडौँ, १२ चैत । चलचित्र ‘द रेड सुटकेस’को टिजर सार्वजनिक भएको छ । भेनिस फिल्म फेस्टिभलमा दुई दुई वटा अवार्ड जित्न सफल यो चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा सोमबार निर्माण संस्था आईसफल प्लसको युट्युव च्यानलबाट टिजर रिलिज गरिएको हो । यो चलचित्र नयाँ वर्ष २०८१ को अबसरमा यही ३० चैतबाट रिलिज हुँदैछ ।

निर्माण टिमले चलचित्रको कथा र कथा वाचनको शैली प्रस्तुत गर्ने गरी टिजर निर्माण गरेको छ । टिजर ५२ सेकेन्डको छ । ‘डार्क थिम’मा टिजर प्रस्तुत छ । टिजरमा छायाँकन, ध्वनि र रङको गज्जबको सम्मिश्रण देख्न सकिन्छ । टिजरले मिथ र यथार्थको कोलाजमा नेपालको आप्रवासी परम्परालाई उच्च दृश्यमार्फत् प्रस्तुत गर्ने संकेत गरेको छ ।
निर्माण टिमले टिजरमा कलाकारको अनुहारलाई भन्दा फिल्मको कथालाई हाइलाइट गर्ने प्रयास गरेको देख्न सकिन्छ । निर्देशक फिडेल देवकोटाले कथा र कथा भन्ने तरिका आफ्नो लागि महत्वपूर्ण भएको बताउँदै सोही अनुसार टिजर तयार गरेको बताएका छन् ।

मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर कथा वाचन गरिएको फिल्म फिडेल देवकोटाको लेखन तथा निर्देशनमा तयार भएको हो । सौगात मल्ल, विपीन कार्की र सृष्टि श्रेष्ठको अभिनय रहेको फिल्ममा अभिनेता प्रवीण खतिवडा रोचक भूमिकामा छन् । टिजरमा उनै प्रवीण खतिवडा मात्र अटाएका छन् ।

‘राम्रो कथामा असल कलाकार सुनमा सुगन्ध हुन् । फिल्ममा देशका उम्दा कलाकारको अभिनय छ । तर टिजरमा हामीले कथा र यसलाई कसरी भनिएको छ भन्ने कुरालाई प्राथमिकतामा राखेका छौँ । यस पछाडिका दृश्य सामाग्रीमा बाँकी कलाकार पनि खुल्दै जानुहुनेछ,’ देवकोटाले भने ।

गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको फिल्मले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन गरिएको थियो ।

चलचित्रले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो । फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो ।

आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् भने फिल्ममा समन अलभितिगाले सम्पादन गरेका छन् । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह निर्माताको रुपमा रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।