स्वयंसेविकाका लागि प्रदेश सरकारले प्रोत्साहनका कार्यक्रम ल्याएको छ : मुख्यमन्त्री कार्की
धनकुटा,१३ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो सरकार गठन भए पश्चात स्वयंसेविकाका लागि प्रदेश सरकारले प्रोत्साहनका कार्यक्रम ल्याएको बताउनि भएको छ ।
कोशी प्रदेश मुख्यमन्त्रीको सम्पर्क कार्यलय धनकुटामा मन्त्री परिषद बैठकका लागी आउनु भएका मुख्यमन्त्री कार्किले यस्तो बताउँनु भएको हो । उहाँले आफ्नो नेतृत्वमा प्रदेश सरकार गठन भएपछि मानविय विकासका विषयमा अध्ययन गरेको र त्यसका लागि सुरुमा महिला स्वास्थ्य स्वयंसेविकाको विषयमा अध्ययन गरेको बताउनु भयो ।
त्यस्तो अवसरमा स्वाथ्य स्वयंसेविकाले आफ्नो सुविधाको माग भन्दा पनि अन्य कुराहरुको माग गरेको स्मरण गर्दे उहाँले स्वाथ्य क्षेत्रमा महिला स्वाथ्य स्वयंसेवीकाको भूमीका समेत ठूलो रहेको धारण राख्नु भएको थियो ।
राजनितिक दलका नेताहरु स्वयंसेवी भन्दै तलब भत्ता खाने तर, समाज विकासको लागि दिन रात सेवामा लाग्ने महिला स्वयंसेविकालाई निशुल्क काम लगाउन नहुने समेत उहाँको भनाई थियो ।


