ऐतिहासिक फिल्म ‘नालापानी’ पुनः प्रर्दशन हुँदै

विराटनगर । ऐतिहासिक कथामा आधारित फिल्म ‘नालापानी’ पुनः प्रर्दशनमा आउने भएको छ । गत वर्ष प्रदर्शन भइसकेको चलचित्र ‘नालापानी’ आगामी साउन १८ गते पुनः प्रर्दशन गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

यस चलचित्रले इतिहास प्रस्ट बुझाउने, राष्ट्रप्रेम बढाउने र पुर्खाहरूले दिएको बलिदान सबैले हेरेर बुझ्नैपर्ने दर्शकहरूको सुझावअनुसार २०८१ साउन १८ गते चलचित्र ‘नालापानी’ पुनः प्रदर्शनमा ल्याउन लागिएको चलचित्रका लेखक, निर्माता तथा निर्देशक रिमेश अधिकारीले जानकारी दिए ।

चलचित्रमा इतिहासका जानकारले सबैभन्दा लामो र कठिन युद्धको नाम दिएको नालापानी युद्धको कथा समेटिएको छ । यो नेपाली र अंग्रेजबीच भएको लडाइँमा नेपालीले देखाएको वीरताको गाथामा आधारित चलचित्र हो ।

नालापानीको युद्धमा योद्धा बलभद्र कुँवरको नेतृत्वले लडाइँ जितेको थियो । १३ दिन भएको यो युद्धमा ७ दिन घनघोर लडाइँ भएको थियो जसमा बलभद्र कुँवरले पनि वीरगति प्राप्त गरेका थिए ।

चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, इशान बिजु श्रेष्ठ, हिक्मत थपलियालगायतको अभिनय छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।