धनकुटामा प्रदेश राजधानीको झल्को, प्रत्येक महिना ‘क्याविनेट’ बस्ने सँगै यस्ता भए निर्णय

धनकुटा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्पर्क कार्यालयमा पहिलो पटक बसेको मन्त्रिपरिषद्को बैठकले धनकुटावासी हर्षित भएका छन् । संविधानसभाका सदस्य समेत रहेका मनोहर नारायण श्रेष्ठले धनकुटा व्यवहारमै प्रदेशको राजधानीको महसुस भएको भन्दै खुसी व्यक्त गरे । बृहत् विराट क्षेत्रको अवधारणा अनुसार प्रदेशको राजधानी विराटनगर घोषणा गरे पनि त्यसको प्रत्याभूत नभइरहेका बेला मुख्यमन्त्री कार्कीको नेतृत्वमा पहिलो पटक मङ्गलवार धनकुटामा मन्त्रिपरिषद् बैठक बसेको हो ।

२०७६ साल वैशाख २९ गते तत्कालीन मुख्यमन्त्री शेरधन राईले सम्पर्क कार्यालयको उद्घाटन गर्दै मन्त्रिपरिषद्को बैठक बस्ने र महत्त्वपूर्ण निर्णय गरिने जनाए पनि उक्त कार्यालयमा बैठक भने बसेको थिएन । मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री नियुक्त भएसँगै धनकुटामा रहेको सम्पर्क कार्यालयबाट पनि जनताका काम गर्ने प्रतिबद्धता जनाएका थिए ।

जसअनुसार अरू विविध कार्यक्रमका साथ मुख्यमन्त्री धनकुटा पुगेका हुन् । मुख्यमन्त्री कार्कीले सम्पर्क कार्यालयमा अब नियमित रूपमा सञ्चालन भई बैठक बस्ने समेत बताए । यस्ता छन् धनकुटामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकका निर्णयहरू ः

– स्वदेशी उत्पादन तथा उपभोगलाई प्रोत्साहन गर्दै प्रदेशको अर्थतन्त्रलाई मजबुत बनाउन प्रदेशका सबै सार्वजनिक निकायले स्वदेशी तथा विदेशी पाहुनाहरूलाई कोसेलीको रूपमा केही वस्तुहरू दिनुपर्दा, कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूलाई मायाको चिनो प्रदान गर्दा र कर्मचारीको स्वागत तथा बिदाइ गर्दा प्रदान गरिने उपहार प्रदेशभित्रै उत्पादन भएको वस्तु हुनुपर्ने ।

– खुवालुङलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको रूपमा विकास गर्ने ।

– मन्त्रिपरिषद्को बैठक महिनाको एक पटक धनकुटामा बस्ने ।

मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालयमै प्रदेश लगानी प्राधिकरणको बोर्ड बैठक पनि बसेको छ । बैठकले आगामी जेठ ७, ८ र ९ गते विश्व चिया सम्मेलन गर्ने निर्णय गर्दै त्यसको लागि निर्देशक समिति गठन गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. सरोज कोइरालाका अनुसार बैठकले धनकुटाको भेडेटारमा निर्माण भएको स्काई वाकको राजश्व बाँडफाँडको लागि प्रदेश सरकार, धरान उपमहानगरपालिका र साँघुरीगढी गाउँपालिकाको प्रतिनिधि रहेको समितिसमेत गठन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।

मुख्यमन्त्री कार्कीले सोही क्रममा धनकुटामा रहेका सरकारी निकायका प्रतिनिधिलाई जनताका चाहानाअनुसारका काम गर्न निर्देशन समेत दिएका छन् । मुख्यमन्त्री कार्कीले आउँदो ६ महिनाभित्र धनकुटा औद्योगिक ग्राम पूर्णरुपमा सञ्चालनमा आउने गरीको खाका १५ दिनभित्र तयार गरेर ल्याउन निर्देशन दिए । ग्राम स्थापनाको ५ वर्ष बितिसक्दासमेत पूर्णरुपमा सञ्चालनमा आउन सकिरहेको थिएन । मुख्यमन्त्री कार्कीले भने,‘यस क्षेत्रको स्थानीय कच्चा पदार्थमा आधारित उद्योग स्थापना भएपछि मात्रै यो क्षेत्रका बासिन्दा लाभान्वित हुन सक्छन् ।’

सोही क्रममा महिला स्वास्थ्य स्वयं सेविकाले धनकुटामा मुख्यमन्त्री कार्कीलाई स्वागत गरेका छन् । महिला स्वास्थ्य स्वयं सेविकालाई प्रोत्साहनका साथै सम्मान गरेर प्रदेश सरकारले उदाहरणीय काम गरेको भन्दै सम्मान गरिएको हो । महिला स्वास्थ्य स्वयं सेविकाले आफूहरूका समस्या दीर्घकालीन रूपमा समाधान गर्न मुख्यमन्त्री कार्की समक्ष आग्रह गरेका छन् । संचारकर्मीहरुसंगको छलफलमा मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री कार्कीद्वारा अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता कोशी प्रदेशका खेलाडी र प्रशिक्षकलाई पुरस्कृत, प्रदेश योजना आयोगको योजना तर्जुमा सुझाव सङ्कलन, राजनीतिक तथा स्थानीय बुद्धिजीवीसँग सुझाव सङ्कलनका साथै सहिद भीमनारायण श्रेष्ठकी धर्मपत्नी लक्ष्मीदेवी श्रेष्ठसँग आशीर्वाद लिई विराटनगर फर्किएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।