राष्ट्रिय संगीतकर्मी संघ धनकुटाको बार्षिक साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशन सम्पन्न,अध्यक्षमा सुमन योगी
धनकुटा । राष्ट्रिय संगीतकर्मी संघ धनकुटाको बार्षिक साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशन धनकुटामा सम्पन्न भएको छ।
संघको अध्यक्षमा सुमन योगी चयन भएका छन् ।
त्यसैगरि वरिष्ठ उपाध्यक्ष युसिन यसमाली मगर,उपाध्यक्ष निशु सुब्बा,सचिब स्मृति किम्दाङ राई,सहसचिव आर्शनल राई र कोषाध्यक्षमा एलिसा मगर चयन भएका छन् ।


