पाख्रिबास ३ र ७ वडा कार्यालय भवनको मन्त्री राईद्वारा शिलान्यास
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका वडा नं ३ र ७ काे नयाँ बन्न लागेको वडा कार्यालय भवनको शिलान्यास गरिएको छ ।
नेपाल सरकार संघीय खानेपानी मन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा वडा नं ३ र ७ काे वडा कार्यलय भवन शिलान्यास कार्यक्रम शनिबार सम्पन्न भएको हाे ।
नयाँ बन्न लागेको ३ र ७ को वडा कार्यालय भवन शिलान्यास गर्नु हुदै मन्त्री राईले निर्माण व्यवसायीलाई गुणस्तरीयसहित समयमै वडा कार्यालय भवन निर्माण गर्न आग्रह गर्दै नयाँ भवन निर्माण सम्पन्न भएसँगै सम्पूर्ण वडावासीले सहज रूपमा सेवा लिन पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
शिलान्यास कार्यक्रममा प्रदेश संसद ईन्द्रमणी पराजुली , जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरन तामाङ विशेष अतिथि रहनुभयकाे थियोे । कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्ष विभिन्न राजनीतिक दलका प्रतिनिधि सञ्चारकर्मी लगायतको उपस्थिति थियो ।
उक्त वडा कार्यलय भवन निर्माण गर्नका लागि वडा नं ७ काे लागि स्थानीय तथा जनप्रतिनिधि चन्द्रबहादुर तामाङ र वडा नं ३ का लागि स्थानीय हर्कबहादुर राईले निशुल्क जग्गा प्रदान गरेकाछन् ।


