धनकुटाको महालक्ष्मीमा सम्पन्न तेस्रो अन्तर पालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको उपाधि छथर जोरपाटी गाँउपालिकालाई

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा सम्पन्न भएको तेस्रो अन्तर पालिका कर्मचारी स्तरीय फुटबल प्रतियोयिताको उपाधि छथर जोरपाटी गाँउपालिकाले जितेको छ ।

फाइनल खेलमा पाख्रिवास नगरपालिकालाई दुई सुन्य गोल अन्तरले पराजीत गदै उपाधि उचालेको हो । उपाधि सगै बिजेता टोलिले नगद ६० हजार रुपैया हात परेको छ । उपबिजेता पाख्रिवासले भने ४० हजारमा चित्त बुझाएको छ ।

महालक्ष्मी नगरपालिकाको आयोजनामा भएको सो प्रतियोगितामा धनकुटाका सात पालिका मध्ये ५ पालिकाको सहभागिता भएको प्रतियोगिताको संयोजक गौरब कार्कीले जानकारी दिनुभयो । खेलकुदका गतिबिधिमा उत्साह ल्याउन प्रतियोगिता आयोजना गरेको महालक्ष्मी नगरपालिकाका मेयर ध्रुब राज रायले जानकारी दिनुभयो ।

धनकुटामा प्रत्येक बर्ष यो प्रतियोगिता हुंदै आएको छ । आगामी बर्षको प्रगियोगिता आयोजना धनकुटा नगरपालिकाले गर्ने सहमति समेत भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।