धनकुटामा तेस्रो हिले उत्सव हुने
धनकुटा,१८ चैत । धनकुटाको हिलेमा यही चैत्र २३ गते देखि धनकुटाको हिलेमा तेस्रो हिले उत्सव हुने भएको छ । आयोजकले धनकुटामा आज पत्रकार संमेलन गर्दै उत्सव बारे जानकारी गराएको हो ।
हिले फुटवल क्लब र भलिवल क्लवको आयोजनामा उत्सवमा फुटबल, भलिवल, राष्ट्रिय कलाकारको प्रस्तुती, खानाका स्टल, घरेलु उत्पादनका स्टल बाल उद्यान आदि रहने छ ।
प्रत्येक वर्ष बेग्लाबेग्लै हुदै आएको फुटबल र भलिवललाई समेत समाबेश गरि उत्सव हुन लागेको हिले भलिवल क्बलका अध्यक्ष संजिव तामाङ्गले जानकारी दिनुभयो । उत्सव २१ दिन सम्म संञ्चालन हुने छ ।
करिब ८२ लाख रुपैया खर्च लाग्ने सो उत्सवमा स्थानिय पालिका प्रयोजक, स्टल बुकिङ्ग तथा कलाकारको टिकट बिक्रिवाट खर्चको जोहो गरिने हिले फुटबल क्बलको अध्यक्ष राजु तामाङ्गले जानकारी दिनुभयो ।
उत्सवमा हुने फुटवल तर्फ प्रथम पुरस्कार एक लाख रहेको छ भने भलिवल तर्फ प्रथम हुने लाई एक लाख ५० हजार रहेको हिले फुटवल क्लबका सचिव अर्जुन शाहिले जानकारी दिए ।


