धनकुटाका एक ब्यक्ति बेपत्ता
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका वडा नं ६ निगालेका एक व्यक्ति वेपत्ता भएका छन् । सेतो भेष्ट, कालो पाईन्ट र ढाका टोपी लगाएका गहुँगोरो वर्णका वर्ष ६४ का पदम राई यही चैत्र १८ गतेदेखी वेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यलय धनकुटाका अनुसार कोही कसैलाई जानकारी नगराई उनि आफुखुशी घरबाट निस्केर हिडेकोमा हालसम्म घर नफर्केको र आफ्ना आफन्त समेतको खोजी गर्दा पनि फेला नपरेको आफन्तले जनाएका छन् ।
राईको खोजीका लागि आफन्तले आज इलाका प्रहरी कार्यलय राजारानी धनकुटामा निवेदन दिएका छन् । त्यसपछि जिल्ला प्रहरी कार्यलय धनकुटा र मातहतका प्रहरी कार्यालय मार्फत खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ ।


