धनकुटामा विभिन्न कार्यक्रम गरि मनाइयो सहकारी दिवस
धनकुटा,२० चैत । धनकुटामा विभिन्न कार्यक्रम गरि ६७ औं राष्ट्रिय सहकारी दिवस मनाइएकाे छ । यसै अवसरमा जिल्ला सहकारी संघ लिमिटेडले धनकुटा नगरपालिका वडा नम्बर १० उत्तरपानीमा रहेकाे आधारभूत बिद्यालयका बाैद्विक अपांगता भएका ३४ जना विद्यार्थी लाई खाजा, लत्ताकपडा , लगायत सामग्री प्रदान गरि मनाएकाे छ ।
सामग्री प्रदान कार्यक्रममा वालवालिका संग सहकारी कार्यक्रम अन्त्तगत विद्यार्थी लाई सहयाेग गरिएको जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष खगेन्द्र सुवेदीले बताउनु भयाे । सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समिति धनकुटा प्रमुख निरेन तामाङ, धनकुटा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष नगेन्द्र पाण्डे , सहकारी अभियान्ता जयन्द् घिसिङ , पुन्य प्रसाद खतिवडा , खेम घिमिरे , रविन्द न्याैपाने, हरी तिम्सिना लगायत विभिन्न सहकारी संस्थाका अध्यक्ष, प्रतिनिधी, व्यवस्थापक, सहकारी बैंकका प्रमुख सुमन श्रेष्ठ आधारभूत विद्यालयका प्रध्यानाध्यापक विनाेदबाबु सुवेदी लगायत सहकारी अभियान्ता, स्थानीय लगायतकाे उपस्थित रहेकाे थियाे । कार्यक्रमकाे संचालन जिल्ला सहकारी संघ धनकुटाका बरिस्ठ उपाध्यक्ष कमल लामिछानेले गर्नु भएकाे थियाे ।
यसै अबसरमा छथर जाेरपाटि गाउँपालिका सिधुवामा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे र रक्तदान कार्यक्रम ५८ जनाले रक्तदान गरेकाे समेत जनाइएकाे छ । ” सहकारीमा सुशासन ; प्रविधि र एकीकरण ” भन्ने नाराका साथ आज सहकारी दिवस मनाइएकाे हाे ।





