तेस्रो संस्करणको “बक्रकुण्ड गोल्ड कप” चैत्र २३ गतेवाट
धनकुटा,२१ चैत । तेस्रो संस्करणको हिले बक्रकुण्ड गोल्ड कप आउदो चैत्र २३ गतेवाट सञ्चालन हुने भएको छ । प्रतियोगिता धनकुटाको हिले स्थित हिले खेल मैदानमा हुने छ ।
आयोजक धनकुटा सहित कोशी प्रदेशको मोरङ्ग, सुनसरी, झापा ईलाम, संखुवासभा, तेह्थुम र मधेश प्रदेशको सप्तरी जिल्लाको सहभागीता रहने आयोजक हिले फुटवल क्लबले जानकारी दिएको छ ।
प्रतियोगितामा आठ टोलिलाई दुई समुहमा बिभाजन गरी खेलाईने क्लवका अध्यक्ष राजु तामाङ्गले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेता टोलिले उपाधि सहित एक लाख रुपैया हात पार्ने छ । त्यस्तै उपबिजेता टोलीले ५० रुपैया हात पार्ने क्लवका सचिब अर्जुन शाहिले जानकारी दिनुभयो ।
प्रतियोगिता २६ गते सम्म सञ्चालन हुने छ । हिलेमा रहेको धार्मिक पर्यटकिय स्थल बक्रकुण्ड मन्दिरको नाममा तिन बर्ष अघिवाट प्रतियोगिता संञ्चालन हुदै आएको छ ।

फाईल फोटो : (गत बर्षको प्रतियोगितामा बिजेता टोली पुरस्कार ग्रहण गदै)


