सहिदभूमिमा राईको घरमा आगलागी,तीन लाख बढीको क्षति
धनकुटा,चैत २१ । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं ७ खाल्डेका कर्ण बहादुर राईको घरमा आग्लागी भएको छ ।
आगलागीमा परि ढुंगा, माटो, काठपात तथा फुसको छानोले बनेको एक तले घर जल्दा ३ लाख ५० हजार बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
सामुदायिक वनबाट सल्केको आगोले मंगलवार राईको घर,घर भित्र रहेको अन्नपात,भाँडावर्तन,लत्ता कपडा तथा अन्य जिन्सी सामान पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
राईको घरमा आगलागी भएको भन्ने खवर पाएपछि प्रहरी चौकी आँखिसल्लाको प्रहरी टोली र स्थानियवासीन्दाको सहयोमा आगो नियन्त्रण गरिएको थियो ।


