कांग्रेस धनकुटाले गर्यो यस्तो निर्णय
धनकुटा । नेपाली कांग्रेस धनकुटाले आगामी बैसाख १५ गते भित्र नयाँ सदस्यता विरतरण र पुरानो नविकरण अभियान संचालन गर्ने निर्णय गरेको छ । उस्ले कोशी प्रदेशकाको मन्त्री परिषदको बैठक पहिलो पटक धनकुटामा बसेकोमा कोशी प्रदेश सरकारलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।
पार्टीका जिल्ला सभापती दिनेश राईको अध्यक्षतमा सम्पन्न जिल्ला पदाधिकारहिरुको बैठकले नेपाली क्रियाशिल सदस्यता वितरण र नविकरण बैशाख १५ गते सम्म गर्ने र कोशी मन्त्री परिषदको बैठक धनकुटा स्थित मुख्य मन्त्री तथा मन्त्री परिषदको सम्पर्कमा कार्यालयमा पहिलो पटक वसेर विभिन्न महत्वपूर्ण निर्णयहरु गरेकोमा धन्यवाद दिने निर्णय गरेको जिल्ला सचिव विजय सन्तोष राईले जानकारी दिनुभयो ।
बैठकमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति राई सहित उपसभापति सुनिल कुमार डंगोल,सचिवहरु विजय सन्तोषी राई, जयन्द्र घिसिङ्ग,सहसचिव रोशन श्रेष्ठ,कोषाध्यक्ष सरस्वती मगर लगायतले जनतको चाहना अनुसारकाे काम गर्दै संगठन विस्तार र सुदृढीकरण गर्ने वताए ।
कोशी प्रदेशको मन्त्रि परिषदको बैठकले कोशी नदीको त्रिबेणी नजिक धनकुटा जिल्लाको सागुरी गढी वडा नं. १० मा पर्ने किराती समुदायको महत्वपूर्ण खुवालुङलाई साँस्कृतिक तथा सामरिक महत्वको स्थल घोषणा गरी संरक्षण र प्रचार प्रसार गर्ने, कोशी प्रदेशको सरकारी कार्यालयहरुबाट प्रदान गरिने उपहारहरु र प्रयोग हुने सामाग्रीहरु कोशी प्रदेश भित्रै उत्पादन भएको समाग्रीहरु प्रयोग गर्ने र प्रत्येक महिनामा कोशी प्रदेशको मन्त्रि परिषदको बैठक धनकुटा स्थित सम्पर्क कार्यालयमा एक पटक वस्ने निर्णय गरेकोमा धन्यवाद दिने निर्णय गरेको जिल्ला सचिव राईले वताउनु भयो ।


