धनकुटामा तेस्रो संस्करणको बक्रकुण्ड गोल्ड कप सुरु
धनकुटा । बक्रकुण्ड गोल्ड कपको तेस्रो संस्करण आजवाट धनकुटामा सुरु भएको छ । प्रतियोगिता धनकुटाको हिले स्थित हिले खेल मैदानमा सुरु भएको हो ।
प्रतियोगि अन्तर्गत आज भएको खेलमा संखुवासभा र धरान बिजयी भएका छन् । धरानले तेह्थुमलाई पेनाल्टी सुट आउटमा ४–३ गाल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रबेस गरेको हो । निर्धारित समयमा एक एक गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउट मार्फत गरिएको थियो ।
त्यस्तै आयोजक धनकुटालाई पेनाल्टी सुट आउटमा ८–७ गोल अन्तरले पराजित गर्दै संखुवासभा सेमिफाईनल प्रबेश गरेको हो । प्रतियोगितामा धनकुटा सहित कोशी प्रदेशको मोरङ्ग, सुनसरी, झापा ईलाम, संखुवासभा, तेह्थुम र मधेश प्रदेशको सप्तरी जिल्लाको सहभागीता रहेको छ । प्रतियोगिताको बिजेता टोलिले उपाधि सहित एक लाख रुपैया हात पार्ने छ । त्यस्तै उपबिजेता टोलीले ५० रुपैया हात पार्ने क्लवका सचिब अर्जुन शाहिले जानकारी दिनुभयो ।
प्रतियोगिता २६ गते सम्म सञ्चालन हुने छ । हिलेमा रहेको धार्मिक पर्यटकिय स्थल बक्रकुण्ड मन्दिरको नाममा तिन बर्ष अघिवाट प्रतियोगिता संञ्चालन हुदै आएको छ ।
