धनकुटाको मुख्य पर्यटकिय तथा ब्यापारिक स्थल त्रिशुले, गुराँसे ट्रेल ओझेलमा (भिडियो सहित)
धनकुटा । धनकुटाको मुख्य पर्यटकिय तथा ब्यापारिक स्थल हिले नजिकै रहेर पनि त्रिशुले, गुराँसे ट्रेल ओझेलमा परेका छन् । प्रशस्त पर्यटकिय सम्भावना भएपनि पुर्बाधार र प्रचार प्रसार हुन नसक्दा यो ओझलेमा परेको हो ।
धनकुटा नगरपालिका र छथरजोरपाटीको सिमानामा रहेको यो ट्रेल करिब दुइ किलो मिटर लामो हुन्छ तर ति डाँडा सम्म पुग्ने बाटो र डाँडैडाँडा हिड्ने बाटो राम्रो नहुदा यहाँ पर्यटक पुग्न नसकेका हुन् ।
करिब २३ सय मिटरको उचाइमा रहेको यो डाँडावाट बिभिन्न हिम श्रृङ्खला, पहाडको मनोरम दृष्य, अरुण नदि सगै अरुण उपत्यका, तमोर नदी सहित तराईको फांच र सप्तकोशी नदी समेत देख्न पाईन्छ ।
त्यस्तै यहाँको कृषि उत्पादन पनि राम्रो हुने भएकाले कृषि पर्यटनको समेत उत्त्तिकै सम्भाबना रहेको धनकुटाका कृषि पर्यटन अभियान्ता जिवन राई बताउनु हुन्छ । धनकुटाको संचारकर्मी कबिराज घिमिरे यो क्षेत्रमा पर्यटनको अथाहा सम्भाबना रहेको बताउनु हुन्छ । यहाँ पदमार्ग निर्माण गर्न सके यो क्षेत्रले धेरै पर्यटक तान्ने उहाँको भनाई छ । संचारकर्मी घिमिरेले त्यहाँ पुगेर त्यहाँको सम्भाबनाको बारेमा भिडियो समेत तयार पार्नु भएको छ ।
हेरौ उहाँले तयार पार्नु भएको भिडियो :


