फिल्म ‘रुमानी रंग’का लागि ड्रेस तयार गर्दै आईआईएफटीका विद्यार्थी

काठमाडौं । आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यनरत सिनिअर डिजाइनरहरुले निर्माणाधिन नेपाली फिल्म ‘रुमानी रंग’का लागि ड्रेस डिजाइन गर्ने भएका छन् । यो फिल्ममा साम्राज्ञी राज्य लक्ष्मी शाह र धिरज मगरको अभिनय रहेको छ । उक्त फिल्मका तीन गीतका अलावा मुख्य दृश्यका लागि आईआईएफटीमा अध्यनरत २० जना बिद्यार्थीले ड्रेस तयार गर्ने सम्झौता भएको छ ।

ड्रेस डिजाइनमा सहकार्य गर्नेबारे प्रोडक्सन कम्पनी ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइन डेपुटी जेनेरल म्यानेगर अन्जली महर्जनले जानकारी दिइन्् । सम्झौता पत्रमा आईआईएफटीका तर्फबाट डेपुटी जेनेरल म्यानेगर अन्जली महर्जन र शिक्षा बिभाग प्रमुख उत्कृष्टबिक्रम खड्का तथा ग्लोबल मिडियाको तर्फबाट प्रमुख निर्माता हरि मल्ल र प्रस्तुतकर्ता जीएम ठकुरीले हस्ताक्षर गरेका छन् ।

आईआईएफटीका फेसन डिजाइनरहरुले मुख्य कलाकारका अलावा निर्माता, निर्देशक तथा नृत्य निर्देशकसँग पनि फिल्ममा उपयोग हुने डिजाइनबारे छलफल गरेका थिए । यस फिल्मलाई अनिल योञ्जनले निर्देशन गर्दैछन् । उक्त फिल्मको ९० प्रतिशत छायाँकन अस्ट्रेलियामा बताइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖