धनकुटामा फोहोर फाल्ने पोखरीमा डुबेर २ बालकको मृत्यु
धनकुटा । धनकुटा जिल्लाको धनकुटा नगरपालिका १० मार्गामा फोहोर फाल्ने पोखरीमा डुबेर २ बालकको मृत्यु भएको छ ।
नजिकै रहेको विजय पोल्टी फार्मले छेउमा निर्माण गरेको पोखरीमा डुबेर दुई बालकको निधन भएको हो ।
स्थानीय ११ वर्षीय मनिष खतिवडा र वडा नम्बर ९ का १५ वर्षीय दिपेश ओझाको मृत्यु भएको हो ।
घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


