छथर जोरपाटीका प्रमिला राई को घरबाट प्रतिबन्धित लागुऔषध बरामद,राई प्रहरी नियन्त्रणमा
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ५ चपारीकी प्रमिला राईको घरबाट प्रहरीले प्रतिबन्धित लागुऔषध बरामद गरेको छ ।
चैत २३ गते आगुऔषध तथा प्रतिबन्धित औषधि वेचविखन गर्नेगरेको भन्ने गोप्य सूचनाको आधरमा जिल्ला प्रहरी कार्यालय धनकुटाको टोली उनको घरमा पुगेर खानतलासी गर्दा स्पासपेन-७८ ट्याब्लेट, नाईट्रपाम -३९० ट्याब्लेट,ट्रमोल-१८०० ट्याब्लेट,स्पास्मो-१७०० ट्याब्लेट, र गाँजा १ केजी फेला पारेको प्रहरीले जनाएको छ ।
त्यसछि राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


