चौविसे राजारानी स्थित पुण्य माविको १२ कोठे प्रशासनिक भवनको खानेपानी मन्त्री राईद्वारा उद्घाटन्

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका ६ राजारानी बजार स्थितको पुण्य माविको १२ कोठे प्रशासनिक भवनको खानेपानी मन्त्री राजेन्द्र कुमार राईले उद्घाटन् गर्नुभएको छ ।

संघिय सरकारको नमूना विद्यालय विकास कार्यक्रम अन्र्तगत १ करोड ९७ लाख बराबर लागतमा निर्मित भवनको शनिवार उद्घाटन गरिएको हो । भवन निर्माणमा उपभोक्ताको समेत सहभागिता रहने गरि संघिय सरकारको क्रमागत योजना अनुसार आर्थिक वर्ष २०७९/८० देखि २०८०/८१ सम्म १ करोड ९२ लाख र चौविसे गाउँपालिकाको ५ लाख लगानी रहेको विद्यालयका प्रधानाध्यापक लोक बहादुर राईले बताउनु भयो ।

भवन उद्घाटन् कार्यक्रममा बोल्दै मन्त्री राईले नेपाल सरकार अहिले व्यापक रुपमा शिक्षा क्षेत्रको सुधारका लागि लागिपरेको बताउनु भयो । उहाँले परम्परागत शिक्षा प्रणालिलाई सुधार गर्दै गुणस्तरिय बनाएर दक्ष जनशक्ती उत्पादन गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै प्रदेश सांसद तथा पूर्व राज्यमन्त्री निरन राईले पनि गुणस्तरिय शिक्षाका लागि प्रदेश सरकार र आफ्नो तर्फबाट पहल भईरहेको बताउनुभयो । गाउँपालिका अध्यक्ष राज कुमार चेम्जोङले शिक्षा क्षेत्रको विकासलाई गाउँपालिकाले समेत प्राथामिक्तामा राखेको वताउनु भयो ।

कार्यक्रममा संविधानसभा सदस्य टिकाराम चेम्जोङ,पूर्व प्रदेश सांसद विना देवी राई ,धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ , गाउँपालिका उपाध्यक्ष टंक माया पाङ्गमि , पूर्व जिल्ला समन्वय समिति प्रमुख टंक चौहान लगायतको उपस्थिती थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖