धनकुटामा आगोमा जलेर घाइते दुई मध्ये एक बालकको मृत्यु
धनकुटा । आगोमा जलेर घाइते भएका धनकुटा नगरपालिका वडा नं ३ कागतेका एक वालकको मृत्यु भएको छ ।
कागतेका राजु श्रेष्ठले आफ्नो बारीमा झ्यास भेला गरी आगो बालेर खेत जोत्न गएको समयमा सोही स्थान नजिकै खेलिरहेका उनका १० वर्षका छोरा रोशन श्रेष्ठ र ३ वर्षका विवेक श्रेष्ठ आगोमा परेर घाईते भएका थिए । ती मध्ये विवेकको मृत्यू भएको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
आगोमा जलेर घाईते भएका उनिहरुलाई जिल्ला अस्पतालमा सामान्य उपचार गरि आर्या न्यूरो अस्पताल विराटनगर लगिएकोमा रोशनको सोही अस्पतालमा उपचार भईहेको छ । आर्या न्यूरोमा उचार हुन नसकेपछि काठमाण्डौ तर्फ लादै गर्दा विवेकको बाटोमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
हिजो विहान आगोमा जल्दा रोशनको दाहिने खुट्टा, हात र विवेकको घाटी भन्दा मुनिको भाग जलेको थियो ।


