सांगुरीगढीमा सार्वजनिक सेवा प्रवाहमा शान्ति सूरक्षा र प्रहरीको काम कारवाही,अपराध न्यूनिकरण, र कुरिती विरुद्धको सचेतना एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
धनकुटा । जिल्ला प्रहरी कार्यलय धनकुटाको आयोजनामा सागुरीगढी गाउपालिकामा सार्वजनिक सेवा प्रवाहमा शान्ति सूरक्षा र प्रहरीको काम कारवाही,अपराध न्यूनिकरण, र कुरिती विरुद्धको सचेतना एवं सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा शान्ति सूरक्षा र प्रहरीको काम कारवाही,अपराध न्यूनिकरण, र कुरिती विरुद्धको सचेतनावारे छलफल भएको जिल्ला प्रहरी कार्यलय धनकुटावे जनाएको छ ।
कार्यक्रममा गाउपालिका उपाध्यक्ष मुना राई, सम्पूर्ण वडाका वडाध्यक्षहरु,जिल्ला प्रहरी कार्यलय धनकुटाका प्रमुख श्याम सिंह चौधरी,पालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलशेर राई सहित होटल व्यवसायी, स्थानियको सहधागिता थियो ।


