धनकुटाका व्यापारी तथा व्यावसायीहरुको समस्यावारे छलफल
धनकुटा । धनकुटा उद्योग बाणिज्य संघ र धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राई वीच धनकुटाका व्यापारी व्यावसायीको समस्याको वारेमा छलफल तथा अन्र्तक्रिया गरिएकाे छ ।
छलफलमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग (तारा),कार्यकारी सदस्यहरु रेवती प्रसाद अधिकारी,अम्विका धमला,शोभा श्रेष्ठ ,राम घिसिङ्ग तामाङ लगायतले धनकुटा बजारका व्यापारी तथा व्यावसायीहरुले हाल भोग्नु परेको समस्या र समाधानको वारेमा जानकारी गराएका थिए ।
धनकुटा नगरपालिकाका प्रमुख छलफलमा प्रशासकीय अधिकृत राईले धनकुटा बजारका व्यापारी, व्यावसायीहरुले भोग्नु परेको समस्याको वारेमा धनकुटा नगरपालिकाका गंभिर रहेको भन्दै समस्या समाधानका लागि सरोकारवाला सवै पक्षसंग छलफल गर्ने बताउनुभयाे । उहाँले आपसी समझदारी गरी ती समस्याकाे समाधान गर्दै जाने वताउनु भयो ।
छलफलमा धनकुटा नगरपालिकाका लेखा अधिकृत नर वहादुर भुजेल ,आर्थिक विकास अधिकृत विकास अधिकारी लगायत धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती थियो ।


