धनकुटाका पत्रकार घिमिरे मोटरसाइकल दुर्घटनामा घाइते
धनकुटा ।धनकुटाका पत्रकार कविराज घिमिरे दुर्घटनामा परेका छन् ।
पत्रकार घिमिरे नेपाल प्रेस युनियन प्रदेश कार्यसमिति उदयपुरको गाईघाटमा आज हुन गइरहेको प्रदेश समितिको बैठकमा सहभागी हुन हिंडेका थिए ।
युनियनको प्रदेश कोषाध्यक्ष घिमिरे मोटरसाइकलमा जांदै गर्दा भेडेटार मुनि आँपगाछी क्षेत्रमा दुर्घटनामा पर्नु भएको हो ।
घिमिरेको अहिले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जनाइएको छ ।-तस्बीर : हरि लम्जेलको फेसबुक


