धनकुटामा मगरको घरमा आगलागी,एक लाख बराबरको क्षति
धनकुटा । धनकुटा नगरपालिका वडा नं ९ सल्लेरीका चन्द्र वहादुर मगरकाे घरमा आगलागी भएकाे छ ।
बुधवार साँझ सामुदायिक वनबाट सल्किएकाे आगाेले मगरकाे बाँसकाे टाटीबेरा र फुसकाे छानाेले बनाईएकाे एक तले घर, घरभित्र रहेकाे अन्नपात, भाडावर्तन सहितका सम्पूर्ण सामान जलेर नष्ट हुँदा १ लाख बराबरकाे क्षति भएकाे जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएकाे छ ।
मगरकाे घरमा आगलागी भएकाे भन्ने खबर पाउन साथ अस्थायी प्रहरी पाेष्ट वेलाहारा धनकुटाकाे टाेलि पुगेर प्रहरी सहित स्थानियकाे सहयाेगमा आागो नियन्त्रणमा लिईएकाे थियाे ।


