आय आर्जनका लागि महिलाहरुलाई शिपमुलक अचार बनाउने तालिम

धनकुटा । धनकुटा नगरपालिका ६ नं वडा कार्यालयको समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले महिलाहरुका लागि संचाालन गरेको सात दिने शिप मुलुक अचार बनाउने आज सम्पन्न भएकाे छ ।

महिला दिदि वहिनीहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले संचालन गरेको तालिम समापन कार्यक्रममा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वडा नं. ६ का वडाध्यक्ष मिलन खड्गी,घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख ईश्वर थापा,घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,प्रशिक्षक सकुन्तला प्याकुरेल,वडा नं. ६ का निर्वाचित वडा सदस्यहरु पुरुसोत्तम अर्याल,कुसम जोशी श्रेष्ठ ले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

सो अवसरमा उनिहरुले तालिमका सिकेका शिपलाई व्यवहारमा उत्तारी आय आर्जनमा लगाउनु पर्नेमा जोड दिदै शिप बिनाको मानिस अधुरो र अपुरो हुने वताएका छन् ।

घरेलु कार्यालय धनकुटाका कर्मचारी विकास कार्की संचालन गर्नु भएको कार्यक्रमा प्रशिक्षक प्याकुरेललाई मायाको चिनो प्रदान गरिएको थियो भने घरेलु कार्यालय धनकुटाका प्रमुख थापा र वडाध्यक्ष खड्गीले प्रशिक्षकलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो । शिप मुलुक अचार बनाउने तालिमका जम्मा ३२ जना सहभागीहरुले आफुहरु अव व्यावसायिक बन्ने बताएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖