धनकुटा बहुमुखी क्याम्पस पूर्व विद्यार्थीहरुको संस्थाको बार्षिक कार्यक्रम सम्पन्न
धनकुटा । धनकुटा वहुमुखी क्याम्पसको पूर्व विद्यार्थीहरुको संस्था धनकुटा वहुमुखी क्याम्पस एलुमनीेे एशोसिएसन नेपालका अध्यक्ष टिका राम चेम्जाेङको अध्यक्षमा आज सम्पन्न भएको बैठकले समितिमा थप सदस्य मनोनय गर्नु का साथै बार्षिक कार्यक्रम निर्माण गरी कार्यन्वयन गर्ने निर्णय गरेको छ ।
बैठकले समितिको सदस्यहरुमा इन्द्रमणी पराजुली,ज्ञान वहादुर गुरुङ, मनोज राई,छत्र सुब्बा,दिपक काफ्ले,लक्ष्मी निरौला,यज्ञ गुरागाई,दुर्गा देवी खनाल काफ्ले,रिता कुमारी ढागी,तारा वहादुर काफ्लेलाई मनोनय गरेको र तत्कालिन कोषाध्यक्ष रुद्र पोखरेल सरुवा भै जानु भएकाले कोषाध्यक्षको जिम्मेवारी यज्ञ गुारागाईलाई दिने निर्णय गरेकाे संस्थाका उपाध्यक्ष विजय सन्तोषी राईले जानकारी दिनुभयो ।
बैठकले धनकुटा वहुमुखी क्याम्पसमा पूर्व विद्यार्थाीहरुलाई सहभागी गराएर अन्तरसंवाद तथा अन्र्तक्रिया,विचार गोष्ठी,खेलकुद,वृक्षारोष,अध्ययन अवोलकन,रक्तदान,फलफुल वितरण,छात्र बृत्तिका लागि अक्षयकोष स्थापना, संस्थाको सदस्यता वितरण लगायत विभिन्न कार्यक्रम गर्ने गरी बार्षिक कार्यक्रम निर्माण तथा कार्यन्वयन गर्ने निर्णय गरेको संस्थाका महासचिव राजन पौडेलले वताउनु भयो ।
सो अवसरमा पूर्व सांसद गोपाल गुरागाई,क्याम्पस प्रमुख होम वहादुर वस्नेत, संस्थका अध्यक्ष टका राम चेम्जोङ,उपाध्यक्ष विजय सन्तोषी राई,महासचिव राजन पौडेल , कोषाध्यक्ष यज्ञ प्रसाद गुरागाई, सदस्यहरु भगतचन्द्र थपलिया,खेमराज पौडेल ,धनकुटा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष मिलन खड्गी धनकुटा वहुमुखी क्याम्पसको पूर्व विद्यार्थीहरुको संस्था धनकुटा वहुमुखी क्याम्पस एलुमनी एशोसिएसनलाई अव सक्रिय र सशक्त बनाउदै सवै पूर्व विद्यार्थीहरुलाई संगठित गर्दै धनकुटा वहुमुखी क्याम्पसको शैक्षिक सुधारमा महत्पूर्ण सहयोग गर्ने वताए ।
बैठकले धनकुटा वहुमुखी क्याम्पस एलुमनी एशोसिएसन नेपालको सचिवालय समितिमा अध्यक्ष चेम्जोङ,उपाध्यक्ष विजय राई,महासचिव पौडेल,सचिव कुसुम कुमारी श्रेष्ठ,कोषाध्यक्ष यज्ञ गुरागाई, सदस्यहरु इन्द्रमणी पराजुली,ज्ञान वहादुर गुरुङ,मनोज राई,छत्र सुब्बा, भगतचन्द्र थपलिया, खेमराज पौडेल रहेको ११ सदस्यीय सचिवालय समिति गठन गरेको धनकुटा वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख होम वहादुर वस्नेतले वताउनु भयो ।


