मधेशका वन क्षेत्रमा जताततै डढेलो, नियन्त्रणका निम्ती प्रभावकारी पहल भएन

सुरुची भण्डारी, बारा

मधेशको वन क्षेत्रमा जताततै डढेलो लागेको छ । डढेलोबाट मधेश प्रदेशका स–साना बिरुवा नष्ट हुन थालेका छन् भने पूर्वपश्चिम राजमार्गमा समेत डढेलोका कारण यत्रा गर्न खतरा भएको छ । 

लामो समयदेखिको खडेरी तथा पानी नपरेकाले गर्मीयाम सुरु भएसँगै डढेलो फैलिदै गएको हो । मधेशका जिल्लाको बन क्षेत्र भित्रका राष्ट्रिय वन (सामुदायिक वन), साझेदारी वनमा तथा पूर्वपश्चिम लोकमार्ग वरपरका वन क्षेत्रमा धुँवाको मुस्लो जताततै देखिन्छ । 

मधेशमा सबैभन्दा बढी रौतहटमा २२ हजार हेक्टरमा डढेलोले क्षेती गरेको छ । बिशेष गरि भुई आगोका कारण यस क्षेत्रमा डढेलो नियन्त्रणमा लिन समेत सकिएको छैन भने यस प्रदेशमा रहेको एक मात्र पर्सा राष्ट्रिय निकुञ्जको एक सय हेक्टर भन्दा बढी स्थानमा डढेलो लागेको छ । 
यता पर्सामा भने  ५० हेक्टरमा डढेलो लागेको थियो वर्षाका कारण डढेलो नियन्त्रणमा आए पछि पछिल्लो समयमा भने पुन ः केही स्थानमा फाट्टफुट्ट डढेलोले क्षेती गरेको छ । यस्तै बारामा ५०, महोत्तरीमा ३०, धनुषामा २०, सिराहमा १०, सप्तरीमा २० हेक्टर क्षेत्रमा हाल सम्म डढेलोले क्षेत्री गरिसकेको छ । 

आठ जिल्ला रहेको यस प्रदेशको सर्लाहीमा भने डढेलो खासै क्षेती गरेको छैन । यस क्षेत्रमा फाट्टफुट्ट आगेलागि भएतापनि तुरुन्तै नियन्त्रण लिईएका कारण क्षेती हुन नसकेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख मंजुर अहमदले जानकारी दिए ।  
डढेलोले वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट र कर्मचारीको अभावका कारण डढेलो नियन्त्रण गर्न सरकारी निकायले प्रभावकारी पहल गरेको छैन । 
डढेलो रोकथाम तथा नियन्त्रणका लागि नँया प्रविधि र वैज्ञानिक विधिको प्रयोगमा कुनै पक्षले जोड नदिएको हुदाँ डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय बासिन्दालाई जिम्मेवार बनाउन पनि कसैले पहल नगरेकाले समस्या कायमै छ ।

यता स्थानियले वन जङ्गलमा आगो लगाउँदा पालुवा राम्रो पलाउँछ र घाँस राम्रो हुन्छ भन्ने गलत सोचाइका कारण वन जङ्गलमा डढेलो लगाउने क्रम बढ्दै गएको छ । वन जङ्गलमा लागेको डढेलोका कारण पानीका मुहानसमेत सुक्दै गएको छ । तर डढेलो लगाउनेहरू कहिल्यै समातिदैनन् । 
बाराको निजगढ, कोल्हवी र जीतपुरसिमरा नगर क्षेत्रभित्र राष्ट्रिय निकुञ्ज, राष्ट्रिय वन छन् । केहीदिन अघि निकै सवेदनशिल मानिने पेट्रोलियम पदार्थको भण्डारण रहेको नेपाल आयल निगम अम्लेखगञ्ज डिपो नजिकैको पर्सा राष्ट्रिय निकुञ्जको वनमा डढेलो लागेको थियो, पेट्रोलियम पदार्थ भण्डारण भएको नजिकैको वनमा डढेलो लागेका कारण स्थानिए निकै डराएका थिए । तर वन, निकुञ्ज, प्रहरी, सोना र स्थानियको प्रयासमा डढेलो नियन्त्रण आएको थियो ।   
यहाँ डढेलो लगाउनेहरू कहिल्यै समातिदैनन्, जीतपुरसिमरा उपमहानगरपालिका २१ का वडाध्यक्ष सुभाष श्रेष्ठले भने,‘डढेलो बस्तीमै आइपुग्ने चिन्ताले राम्ररी सुत्न सकिने अवस्था पनि छैन । पेट्रोलियम पदार्थ भण्डारण छेउको जंगलमा आगोलागेमा रातभर जागेराम बस्नुको बिकल्प छैन ।’
वन सम्पदा सुरक्षामा नभई वनको उपभोगमा मात्र लागेका कारण वनका कर्मचारीको उदासिनताले वन उजाड हुँदै गएको रौतहट चन्द्रपुर नगरपालिका ६ स्थित लमहाकी फूलमाया पुलामीले बताईन । “दिनदिनै डढेलोले वन खरानी हुँदै छ”, उनले भनिन् । वन कर्मचारीको उदासिनताले वन सखाप भइरहेको उनको भनाइ छ । डढेलो लगाए नयाँ घाँस पलाउने विश्वासले वनमा डढेलो लगाउने गरेको पाइन्छ । गोठालाले बढीजसो डढेलो लगाउने गरेका पाइएको छ । रौतहट जिल्लाको वन क्षेत्र मासिने क्रम बढेको छ ।

पर्याप्त जनशक्ति नहुँदा सबै क्षेत्रमा सघन गस्ती गराउन नसकिएको कर्मचारी बताउँछन् । डढेलो नियन्त्रणमा सर्वसाधारणको सहयोग आवश्यक भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए । 
वन क्षेत्रको नियमित गस्ती र कारबाही प्रक्रिया दुरुस्त गर्न वन सुरक्षा र जिल्लास्थित अन्य सुरक्षा निकायको समन्वयमा संयुक्त टोली बनाएर संयुक्त गस्ती बढाइनुपर्छ भने वन क्षेत्रभित्र सशस्त्र प्रहरी पोष्टसमेत संचालनमा भए सर्वसाधरणले बनमा डढेलो लगाउने हिमत गर्ने थिएनन् । 

डढेलोले वन तथा वन्यजन्तुमा परेको असरको मूल्याङ्कन गरिँदैन

मधेस प्रदेशका वनमा भएको डढेलोले वन्यजन्तुमा पारेको असरको मूल्याङ्कन गरिएको पाईदैन । सामान्यतह वन वा निकुञ्जमा आगो लाग्दा ठूला ठूला जनावरहरू आगो नलगेको क्षेत्रहरूमा जान्छन् भन्ने विश्वासका कारण समेत वनमा भएको डढेलोको क्षेत्रीबारे मूल्याङ्कन गरिने गरेको पाईदैन । 
मृग प्रजाति, शाकाहारी वा मांसाहारी आहार खाने प्रजातिका जनावरहरू त्यति मर्दैनन्। तर घस्रने प्रजातिका साना जीव र कमिला जस्ता किराहरू मर्छन् । तर त्यो सङ्ख्या पुनः कायम हुन्छ। गुँड लगाइरहेको अवस्था छ भने चराहरूमा पनि असर पर्छ डिभिजन वन कार्यलयका प्रमुख विनोद सिंहले भने,‘असरको मूल्याङ्कन नै गरिएको छैन । तर निश्चित क्षेत्र (ब्लक) मा आगो लाग्ने भएकाले वनको हकमा त्यति ठूलो असर परेको छैन।’
त्यसबाहेक आगलागीले घाँस र रुखहरू नष्ट पार्दा सबै किसिमका जनावरहरू जङ्गलबाट विस्थापित हुनुपर्ने अवस्था आउने गरेको विज्ञहरू बताउँछन् । आगलागीहुन नदिन फएरलाईन वा अग्नीरेखाहरु समेत बनाईएको नपाईएको विज्ञहरू बताउँछन् ।

एकैचोटि ठूलो स्तरमा आगलागी हुँदा जनावरहरूलाई जोगिन गाह्रो हुने सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाईले जानकारी दिए । 
‘अनियन्त्रित हिसाबले आगो लाग्दा त्यसको केही न केही प्रभाव रहन्छ । जनावरहरू भागेर बाच्न पनि सक्छन तर केही मर्छन् पनि यस्तै अण्डा दिने प्रजातिका जनावरहरुलाई त अप्ठेरो पर्लानी यसको अर्थ इकोसिस्टममा त आगलागीले समेत असर त गछ नै।’ सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष बजगाईले भने,‘त्यही भएर आगलागी नियन्त्रणका विभिन्न वैज्ञानिक उपायहरू अवलम्बन गरिनुपर्छ तथा मानवीय हेलचेक्र्याइँका कारण डढेलो लाग्ने अवस्था आउन दिनहुन्न ।’

डढेलोका कारण मधेशमा वायु प्रदूषण

म्धेशका विभिन्न भागमा डढेलोको संख्यामा वृद्धि हुदाँ मधेशमा वायु प्रदूषण समेत बढेको छ । यस प्रदेशमा वायुको प्रदूषण अत्यधिक बढेको पाइएको छ । प्रदूषण बिहान र बेलुकी अत्यधिक बढेको हो ।वायु प्रदूषणकै कारण बारामा रहेको सिमरा विमानस्थलमा करिब एक हप्ता सम्पुण उडान डिले गरिएको सिमरा नागरिक उड्डयन कार्यालयका प्रमुख तथा विमानस्थल प्रबन्धक सूर्यबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार कम दृश्यता लो भिजिबिलिटीका कारण बिहान हुने सम्पुर्ण उडानलाई एक हप्ता सम्म १२ बजे पछाडि सारिएको थियो तर आजबाट भने केही सुधार भएको बताईएको छ ।

यस्तै डढेलोका कारण पूर्व पश्चिम लोकमार्गमा चल्ने सवारी साधनका चालकलाई समेत आखा पोल्ने, बाटेमा बिपरित तिरबाट आएका सवारी साधन समेत देखिने अवस्था नभएको चालकले गुनासो गरेको जिल्ला ट्राफिक प्रहरी कार्यलय बाराका प्रमुख प्रहरी निरिक्षक राम कुमार महतोले बताए । उनले भने,‘यस भेगमा चल्ने सवारी साधनका चालकहरुले जंगलमा लागेको आगलागिका कारण सवारी चलाउन समेत कठिन भएको गुनासो हामीलाई गरे पछि हामीले वनलाई यसको जानकारी गराएका थियौँ।’

तराईका विभिन्न भागका जंगलहरुमा तिब्ररुपमा डढेलो फैलिएको छ । रौतहट, बारा, महोत्तरीलगायतका क्षेत्रमा अन्यत्रभन्दा बढी डढेलो फैलिएको छ । तराईका पहाडी तथा भित्री मधेशका जिल्लाका वनमा पनि डढेलो सक्रिय छ ।डढेलोका कारण वन्यजन्तु, बोटविरुवा, वनस्पति, जडिबुटी र काठ–दाउरालगायतका जैविक तथा पर्यावरणीय क्षति बढ्दो छ । तर, पर्याप्त बजेट नभएको भन्दै डढेलो नियन्त्रण गर्न सरकारी तह र निकायबाट प्रभावकारी पहल भएको छैन । 

यता वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासका बिरामी र मुटुका बिरामीलाई असर गर्ने भएकाले काम नपरेसम्म घरबाट बाहिर ननिस्कन र निस्कनै परे मास्क तथा चश्मा लगाउन र सावधानी अपनाउन आग्रह समेत गरिएको छ । यसैगरी डढेलो अझै लागिरहे प्रदूषण अझै बढ्ने भएकाले डढेलो नियन्त्रणका लागि सम्बन्धीत निकायले समयमै ध्यान दिन जरुरी देखिन्छ । 

 

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।