चलचित्र पत्रकार संघ कोशी प्रदेशको आयोजनामा ‘सिने समस्या र समाधान’ कार्यक्रम हुने

इटहरी । बैशाख ३ गते चलचित्र पत्रकार संघ नेपाल, कोशी प्रदेश शाखाको आयोजना र मोरङ जिल्ला शाखाको सह-आयोजनामा कोशी प्रदेशका कलाकारहरुसंग ‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया कार्यक्रम आयोजना गरिने भएको छ ।

पछिल्लो समय कोशी प्रदेशमा फिल्म छायांकन तथा प्रचारप्रसारका लागी काठमाडौका फिल्मकर्मीहरु पनि तानिने क्रम बढ्दो छ । त्यसैले यहाँका सिनेमा र संगीत क्षेत्रमा भएका समस्या र समाधानको बाटो यहीँका चलचित्रकर्मी, हल व्यवसायी र सङितकर्मी माझको छलफलबाट खोज्ने प्रयास स्वरुप यो कार्यक्रमको तर्जुमा भएको चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाका सचीव सुवास संकल्प श्रेष्ठले जानकारी गराए ।

बिराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइराला प्रमुख अतिथी रहने कार्यक्रम बिराटनगरको पुष्पलाल चोकमा अवस्थित ताण्डब रेस्ट्रो एण्ड क्याफेमा बिहान ११ बजेदेखी सुरु हुने छ । अन्तक्रिया कार्यक्रमका लागी वक्ताको रुपमा वरिष्ठ कलाकार प्रेम सुब्बा, हल व्यायसायी कुबेर शर्मा, फिल्म निर्देशक केशब रायमाझी र गायक तथा कलाकार श्रीकृष्ण लुइँटेल रहेका छन् । यी वक्ताहरुले आफ्नो आफ्नो विधा अन्तर्गत रहि कोशी प्रदेशमा फिल्म छायांकन र प्रदर्शनमा देखिएका सिनेमा समस्या संगै संगीत विधामा के कस्तो समस्या छ भन्ने बारेमा कुरा साझेदार गर्ने तालिका तय भएको चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश अध्यक्ष सन्जु राईले बताइन् ।

यस्तै यो सेसनको टिप्पणीकर्ताको रुपमा फिल्म निर्देशक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भीषण राई रहेका छन् भने अन्तक्रियाको सहजकर्ता आयोजक संस्थाका सचीव सुवास संकल्प श्रेष्ठले गर्नेछन् । नयाँ वर्ष २०८१ सालको प्रारम्भ भएको अवसरमा विश्व कला दिवस पनि बैशाख ३ गते पर्ने भएकोले यो समयमा कार्यक्रम गर्न लागिएको हो । कोशी प्रदेश भरिका कलाकारहरूलाई समेट्ने गरि यतिबेला तयारी भैरहेको छ ।

अन्तक्रिया कार्यक्रमसंगै नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम पनि रहनेछ । यो कार्यक्रमको सहयोगीको रुपमा फिल्म बलिदान, घरज्वाईं, अञ्जीला, सुगुप, पुजार सार्की रहेको छ भने सौन्दर्य प्रतियोगिता फेस अफ नेपाल, रिजन होटल एण्ड म्युजिक क्याफे, वाई वाई नुडल्स र टेलिफिल्म बाहुनी कान्छी पनि यो कार्यक्रमको सहयोगीको रुपमा रहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।