‘द रेड सुटकेस’लाई दर्शकको साथ

काठमाडौँ । अन्तराष्ट्रिय चलचित्र महोत्सबहरुमा ब्यापक सफलता हाँसिल गरेको नेपाली चलचित्र ‘द रेड सुटकेस’ नयाँ वर्षको अबसरमा शुक्रबारबाट मुलुकका चार दर्जन भन्दा बढी सिनेमा हलमा प्रदर्शन भईरहेको छ । यो चलचित्रले शनिबार नयाँ वर्षको दिन काठमाडौं र मोफसलका हलहरुमा दर्शकबाट राम्रो साथ पाईरहेको छ ।

आफ्नो चलचित्र काठमाडौंको वान सिनेमा, सिडिसी सिनेमा, बिग मूभिजसहित विभिन्न हलमा शनिबार हाउसफुल भएको यसका निर्माता रामकृष्ण पोखरेलले बताएका छन्,‘यो चलचित्र हेर्नुहुने दर्शकले अरु भन्दा फरक चलचित्र भएको र आफुलाई मन परेको प्रतिक्रिया दिनु भएको छ । उहाँहरुको सुखद प्रतिक्रियाले हामी उत्साहित छौं ।’ निर्माता रामकृष्णले भने,‘क्युएफएक्स चेनबाहेक बाँकी सबै हलमा हाम्रोे चलचित्र हिजोबाट प्रदर्शन भईरहेको छ । आफुलाई पायक पर्ने हलमा पुगेर द रेड सुटकेस हेर्नको लागि यहाँहरुलाई अनुरोध गर्दछु ।’

मँगलबार यो चलचित्रको काठमाडौंमा गरिएको प्रिमियरले द रेड सुटकेस प्रति दर्शकको चासो बढेको थियो । सिनेमा हेरिसकेका दर्शकले आम नेपाली चलचित्र भन्दा निकै फरक चलचित्रको रुपमा द रेड सुटकेसको चर्चा गरेपछि यसको चर्चा बढेको यसका निर्देशक फिडेल देवकोटाले बताएका छन् । यसलाई धेरैले अनौठो र दुर्लभ शैलीको चलचित्रको रुपमा लिएको पनि उनले बताए ।

यो चलचित्रमा सौगात मल्ल, विपीन कार्की, प्रविण खतिवडा र सृष्टि श्रेष्ठलगायतको मुख्य भूमिका रहेको यो चलचित्रलाई युएफओ च्यानलले युरोपको लागि गत साता खरिद गरिसकेको छ ।

श्रीलँका र भातरमा प्राविधिक कार्य गरिएको यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशक गरेका हुन् । यो चलचित्रको सम्पादन श्रीलँकामा समन अलभितिगाले गरेका हुन् । चलचित्रको छायाँकार सुसन प्रजापति हुन् । आइसफल प्रोडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेको यो चलचित्रको बाँकी निर्मातामा फिडेल देवकोटा, शोभा थापा र सह निर्मातामा श्रीलंकाका विमुक्ति जयसुन्दरा रहेका छन् ।

गत वर्षको सेप्टेम्बरमा भेनिसमा वल्र्ड प्रिमियर भएको यो चलचित्रले त्यही फेस्टिभलमा महत्वपूर्ण दुई अवार्ड जितेको थियो । चलचित्रले भेनिसमा फन्डापजियोनी फाई पर्सना लाभारो एम्बिएन्टेजमा अनरेबल मेन्सन अवार्ड पाएको थियो भने स्वतन्त्र समीक्षकहरुको संस्था बिसाटो डिओरोले डेब्यु फिल्म निर्देशकको रुपमा निर्देशक फिडेल देवकोटालाई बेस्ट फस्ट फिचर फिल्मको अवार्ड प्रदान गरेको थियो ।

त्यसयता चलचित्र संसारकै पुरानोमध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि फेस्टिभलमा प्रदर्शन गरिएको थियो । फिल्मले श्रीलंकामा सम्पन्न जाफ्ना इन्टरनेसनल सिनेमा फेस्टिभलमा पनि बेस्ट डेब्यु फिचर फिल्मको अवार्ड जितेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।