भ्वाइस अफ नेपाल टिमको युकेमा धमका यात्रा जारी

युके । गत १२ अप्रिल २०२४ का दिन युकेको दक्षिणपूर्वी शहर आसफार्ड टाउनमा भ्वाइस अफ नेपाल टिमले भब्य प्रस्तुती गर्यो ।

सगरमाथा नेप्लिज कम्युनीटि आसफार्डको ब्यवस्थापनमा सो सास्कृतिक कार्यक्रम भएको हो । भ्वाइसअफ नेपाल सिजन ५ मा उपाधि चुम्न सफल विनोद राई र उत्कृष्ट ४ मा पर्नसफल मकर योञ्जन, नोगेन लिम्बु लगायत युकेबाट छनौटमा सहभागी बन्न सफल मनोज गुरुङ र सविना हिराचनको पनि प्रस्तुती रहेको थियो ।

भ्वाईस अफ नेपालको सिजन ५ केही महिना अधि मात्र सम्पन्न भएको हो भने गत बर्ष सम्पन्न सिजन ४ का उत्कृष्ट चारमा पर्न सफल योगेस मगर पनि टिममा सहभागी रहेका छन । आसफार्डको साँस्कृतिक साँझमा अत्यधिक दर्शकहरुको उपस्थिती रहेको र कलाकारहरुले पनि भरपुर मनोरन्जन गराएका थिए ।

युकेबाट भ्वाईअफ नेपालमा प्रतिस्पर्धा गर्न नेपाल पुगेकी सविना भने ब्लेण्ड राउण्डबाटै बाहिरिएकी थिइन यद्यपी उनको गायन राम्रो थियो । टिमका अर्का आकर्षक भ्वाईस अफ नेपालका संचालक शुसिल नेपाल रहेका छन ।

गत ५ अप्रिलबाट शुरु भएको भ्वाईस अफ नेपाल टिमको युके साँगीतिक यात्रा २८ अप्रिल सम्म रहने छ । मुख्य १० वटा कार्याक्रम यस प्रकार रहेका छन ः ५ अप्रिल टिडवर्थ, ६ अप्रिल वेयम्ली, १२ अप्रिल आसफार्ड, १३ अप्रिल क्याट्रिक, १५ अप्रिल स्कटल्याण्ड, १९ अप्रिल रिडिङ, २० अप्रिल अल्डरसट, २१ अप्रिल स्वीण्डन, २२ अप्रिल बर्मिङहम र २६ अप्रिल ननिन्टनमा प्रस्तुती दिने कुरा सुनगाभा ईन्टरटेन्टमेन्टका ब्यवस्थापक तथा निर्देशक गौरव कन्दङवाले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖