पर्यटन बिकासका लागि धनकुटा नगरमा अन्तरक्रिया

धनकुटा खबर सवाददाता । ईसिमोड तथा धनकुटा नगरपालिकाको सहकार्यमा पहिलो पटक पानी र पर्यटनको बारेमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता गर्दै धनकुटा नगरपालिकाका नगर प्रमुख चिन्तन तामाङले अब धनकुटा पर्यटन बिकासमा परिवर्तन हुदै गएको र नगरपालिकाले बिबिध कामहरु गरिरहेको बताउनुभयो ।

कार्यक्रम प्रस्तुति ईसिमोडका बिज्ञ डा. अनु लामाले गर्नु भएको थियो । उहाँले ईसिमोडले धनकुटा नगरपालिका र छथर जाेरपाटी गाँउपालिका भित्र बिगतमा भएको र हाल भईरहेको गतिविधिहरु राख्नु भएको थियो ।

कार्यक्रममा सल्भ नेपालका अध्यक्ष राजेन्द्र प्रधान, हुसाडेकका अध्यक्ष सरोज भुजेल, कोप्चे पुनःजागरण अभियानका संयोजक रिजन पाेखरेल, सामुदायिक बन उपभोक्त महासंघ धनकुटाका अध्यक्ष नीर बहादुर थापा, कृषि पर्यटन अभियन्ता जीवनप्रसाद राई, धनकुटा खानेपानीका सचिव अर्जुन छाराहाङ, पडेप नेपालका संयोजक तथा गैससका अध्यक्ष मीन सुवेदी, पत्रकार रमेशचन्द्र अधिकारी, उधाेग बाणिज्य महासंघ धनकुटाका बरिष्ठ उपाध्यक्ष मनकुमारी तितुङ, अध्यक्ष बिजय सन्ताेषी राई, घरेलु महासंघका अध्यक्ष राजेश्वर श्रेष्ठ लगायतका विभिन्न ब्यक्तित्वहरुले आ-आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा धनकुटाको बारेमा पहिलोपटक स्पष्ट रुपमा पर्यटन बिकासका लागि छलफल संगै धनकुटा नपाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईको समेत उपस्थिति रहेको कार्यक्रममा धनकुटा बसपार्कमा स्थापना गरिएको पर्यटक सुचना केन्द्रको समेत नगर प्रमुख तामाङले उदघाटन गर्नु भएको थियो । सुचना केन्द्रबाट सुनसरी धरान देखि तीनजुरे सम्मको सुचनाहरु उपलब्ध हुने धनकुटा नगरपालिकाको आर्थिक बिकास शाखाका प्रमुखले बताउनुभयो ।

विभिन्न क्षेत्र संग सम्बन्धित ३० जना सहयोगी रहेको कार्यक्रमकाे संचालन आर्थिक बिकास अधिकृत बिकास अधिकारीले गर्नु भएको थियोे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖