साँगुरीगढी गाउँपालिकालाई भारतीय दुतावासद्वारा उपहार स्वरुप एम्वुलेन्स प्रदान

धनकुटा । नेपालस्थित भारतीय दुतावासले साँगुरीगढी गाउँपालिकालाई उपहार स्वरुप एम्वुलेन्स प्रदान गरेको छ ।

पूर्वमन्त्री तथा राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुनिलवहादुर थापाको पहलमा नेपाल-भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत भारतीय दुतावासबाट गाउँपालिकालाई एम्वुलेन्स प्राप्त भएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए ।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रमका वीच दुतावासबाट प्राप्त एम्वुलेन्सको चावी अर्थमन्त्री वर्षमान पुनले गाउँपालिका अध्यक्ष जितेन्द्र राईलाई हस्तान्तरण गरेका थिए ।

दुतावासबाट प्राप्त एम्वुलेन्स साँगुरीगढी गाउँपालिका वडा नं. ९ स्थित आहाले स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिने अध्यक्ष राईले बताए । उनका अनुसार अवको केही दिन भित्र एम्वुलेन्स हस्तान्तरण गरि स्वास्थ्य चौकीबाट संचालन हुनेछ ।

गाउँपालिकाले एक वर्ष अघि काठमाडौंस्थित भारतीय दुतावासमा आहाले स्वास्थ्य चौकीमार्फत संचालन हुने गरी एम्वुलेन्स माग गरेको थियो । गाउँपालिकाको वडा नं. ९ र १० को क्षेत्र सवैभन्दा विकट रहेकाले सो स्थानका वासिन्दाहरु अस्वस्थ्य तथा सुत्केरी भएको बेला यातायातको साधन नपाउँदा साथै उपचारको लागि माथिल्लोस्तरको अस्पतालमा समयमा पु¥याउन नसक्दा अकालमै ज्यान गुमाउनु पर्ने जोखिम थियो ।

यस्ता किसिमका जटिल समस्याहरुको समाधानको लागि आहाले स्वास्थ्य चौकीलाई एम्वुलेन्स आवश्यक भएकाले दुतावासमा माग गरिएको अध्यक्ष राईको भनाई छ ।-एचआर न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।