‘सिने समस्या र समाधान’ विषयक अन्तक्रिया विराटनगरमा सम्पन्न

इटहरी । कोशी प्रदेशका कलाकारहरूसंग ‘सिने समस्या र समाधान’ नामक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश समितीले आयोजना गरेको थियो । बैशाख ३ गते नयाँ वर्ष २०८१ सालको अवसर तथा विश्व कला दिवसको उपलक्ष्यमा आयोजना भएको उक्त अन्तक्रिया कार्यक्रमको सह-आयोजकको रुपमा चलचित्र पत्रकार संघ नेपाल, मोरङ शाखा रहेको थियो । विराटनगर महानगरपालिकाका नगरप्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथी चलचित्र पत्रकार संघ नेपालका संयोजक तथा केन्द्रिय सदस्य नरेन्द्र बस्नेत विशेष अतिथी रहेका थिए ।

अन्तक्रिया कार्यक्रममा वक्ताको रुपमा अभिनेता प्रेम सुब्बा, हल संचालक कुबेर शर्मा, गायक तथा कलाकार श्रीकृष्ण लुइँटेल, फिल्म निर्देशक केशव रायमाझी र टिप्पणीकर्ताको रुपमा फिल्म निर्देशक तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भिषण राई रहेका थिए भने सहजकर्तामा आयोजक संस्थाका सचीव सुवास संकल्प श्रेष्ठ रहेका थिए । अन्तक्रिया कार्यक्रम पश्चात् गायक सुमित खड्का, गायिका गंगा गौतम, अन्जु गौतमले आफ्नो लोकप्रिय गायन प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रमको अन्त्यमा वक्ताको रुपमा रहेका गायक तथा कलाकार लुइँटेलले चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश, मोरङ शाखा र सुनसरी शाखाका चलचित्र पत्रकारहरू माझ पछिल्लो समय उनको लोकप्रिय गीत ‘गार्हो छ हौ मलाइ’ प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए । विराटनगरको ताण्डव रेस्ट्रो एण्ड बारमा आयोजना भएको कार्यक्रमलाई वाइवाई नुडल्सले ब्राण्डिङमा सहयोग गरेको थियो । यस्तै कार्यक्रमको सहयोगीको रुपमा फिल्म बलिदान, सुगुप, पुजार सार्की, अञ्जीला, घरज्वाई, रिजन होटल एण्ड म्युजिक क्याफे, सौन्दर्य प्रतियोगिता फेस अफ नेपाल, राष्ट्रिय पोशाक घर, हिमालय टाकिज बिराटनगर, सेन्ट्रल मल्टिप्लेक्स, सिटि सिनेमा, सिने द्वार, क्विएफएक्स बिराटनगर रहेको थियो ।

आयोजक संस्थाका सह-सचीव बिकल श्रेष्ठले संचालन गरेको कार्यक्रममा पहिलो थारु नायक तथा म्याजिक हल रामधुनी झुम्काका संचालक पर्शुराम चौधरी, मैथिली चलचित्रकर्मी संघ अध्यक्ष सन्तोष सरकार, राजबंशी चलचित्रकर्मी संघ अध्यक्ष प्रवलदीप बिश्वास, फिल्म निर्माता तथा निर्देशक कोशी भिजन फिल्म्स प्रालीका संचालक लाखमान योन्जन तामाङ, थारुचलचित्र तथा सांस्कृतिक संघ मोरङका अध्यक्ष कृष्ण दोषी, कलाकार कल्पना पाण्डे आचार्य, महिला व्यवसायी तथा कलाकार राधा आचार्य, निर्देशक राजु चौधरी, नेपाल प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मिन कुमार नवोदित लगायतका कलाकर्मी तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।

पछिल्लो समय कोशी प्रदेशमा फिल्म छायांकन तथा प्रचारप्रसारका लागी काठमाडौका फिल्मकर्मीहरु पनि तानिने क्रम बढ्दो छ । त्यसैले यहाँका सिनेमा र संगीत क्षेत्रमा भएका समस्या र समाधानको बाटो यहीँका चलचित्रकर्मी, हल व्यवसायी र सङितकर्मी माझको छलफलबाट खोज्ने प्रयास स्वरुप यो कार्यक्रमको आयोजना भएकोमा राम्रो कार्यको थालनी भन्दै उपस्थित फिल्मकर्मीहरुको भनाई थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।