सत्रौं रामनवमी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिकालाई

धनकुटा । भोजपूरको षडानन्द नगरपालिकाले धनकुटाको हिलेमा हिले भलिबल क्लबको आयोजनामा जारी सत्रौं रामनवमी कप पुरुष भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । आज बुधबार भएको फाइनल खेलमा षडानन्द भोजपूरले दमकलाई स्टेट ०–३ ले हराएको छ ।

षडानन्द २५–२३, २५–१८, २५–१६, को स्टेटमा जित निकालेको हो । उपाधिसँगै सडानन्द भोजपूरले एक लाख ५० हजार नगद ट्रफीमेडल प्रमाण पत्र पुरस्कार पायो । उपविजेता दमकले ७५ हजार नगद सहित ट्रफी मेडल प्रमाणपत्र पायो ।

भलिबल प्रतियोगितामा कोशी प्रदेशका विभिन्न आठ वटा पालिकाको सहभागिता रहेको हिले भलिबल क्लबका अध्यक्ष सञ्जीव तामाङले जानकारी दिनुभयो ।

भलिबल प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ , विशेष अतिथिहरु पाख्रिबास नगरपालिका प्रमुख ज्ञान बहादुर गुरुङ, सहिदभूमि गाँउपालिका अध्यक्ष मनोज राई , अतिथि जिल्ला खेलकुद विकास समिति अध्यक्ष मनोज राई, हिलेबजार व्यवस्थापन समिति अध्यक्ष लालचन्द्र गोङवाले खलका पुरस्कार प्रदान गर्नु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।