हिले तेस्रो खाना महोत्सवको प्रदेशका पूर्व राज्य मन्त्री तथा प्रदेश सांसद निरन राईद्वारा उद्घाटन
धनकुटा । धनकुटाको पर्यटन प्रवद्धन गर्ने लक्षका साथ हिलेमा तेस्रो खाना महोत्सव शुरु भएको छ । हिले पर्यटन प्रवद्धन तथा पूर्वाधार विकास समितिको आयोजनमा संचालित पाच दिने हिले तेस्रो खाना महोत्सवको उद्घाटन कोशी प्रदेशका पूर्व राज्य मन्त्री तथा प्रदेश सांसद निरन राईले गर्नुभएको हो ।
महोत्सव उद्घाटन गर्दै उहाँले मुलुकको आर्थिक समृद्धीको मुख्य आधार पर्यटन भएको वताउनु भयो । धनकुटा नगर पालिकाका प्रमुख चिन्तन तामाङ,पाख्रीवास नगर पालिकाका प्रमुख ज्ञान वहादुर गुरुङ,सहिद भूमी गाउपालिकाका अध्यक्ष मनोज राई,धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटका पूर्व अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,हिले बजार व्यवस्थापन समितिका अध्यक्ष लालचन्द्र गोङ्वा लगायतले हिले तेस्रो खाना महोत्सवले पर्यटन प्रवद्र्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने वताएका छन् ।
हिले पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकास समितिका अध्यक्ष खगेन्द्र विष्टको अध्यक्षतमा सम्पन्न उद्घाटन कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । बैसाख ९ गते सम्म संचालन हुने हिले तेस्रो खाना महोत्सवमा विभिन्न जातीय परिकाहरुका साथै पराम्परागत र अर्गानिक खानाका परिकाहरुको स्टलहरु राखिएको र स्थानीय तथा राष्टिय स्तरीका कलाकारहरुको बेजोड सांगितीक प्रस्तुती समेत रहने आयोजक समितिका अध्यक्ष विष्टले वताउनु भयो ।


