धनकुटामा सवारी दुर्घटना,बालिका घाइते
धनकुटा । कोशी लोकमार्ग अन्र्तगत धनकुटा नगरपालिका वडा नं ९ रुद्रवारीमा आज सवारी दूर्घट्ना हुँदा एक वालिका घाईते भएकी छिन् ।
झापा दमकदेखी तेह्रथुम तर्फ आउँदै गरेको को १ ख ३८४७ नं को बस र विपरित दिशाबाट जाँदै गरेको ना ४ ख ५३८० नं बस विहान करिब ११:४५ वजे तिर एकापसमा ठोक्किएर दूर्घटना हुँदा मोरङ जिल्ला काने पोखरी गाउँपालिका ३ का पदम कुमारी गिरीको वर्ष १ की छोरी सोनिया गिरी घाईते भएकी जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
सोनियाको दुवै खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । उनलाई तत्तकाल जिल्ला अस्पताल धनकुटामा सामान्य उपचारपछि थप उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको र त्यही उपचार भईरहेको प्रहरीले जनाएको छ ।
दूर्घटनामा संलग्न मध्ये ना ४ ख ५३८० नं को बसका चालकलाई जिल्ला प्रहरी कार्यलय धनकुटाले नियन्त्रणमा लिएको छ ।


