पाख्रीवासकी १६ बर्षिया आकृती बरुवाल बेपत्ता
धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ की वर्ष १६ की आकृती बरुवाल वेपत्ता भएकी छिन ।
गहुँगोरो वर्णकी, कालो भेष्ट, सेतो मेडी लगाएकी, अन्दाजी ५ फिट १ ईञ्च उचाई भएकी उनि बैशाख ३ गतेदेखी वेपत्ता भएकी हुन् ।
आकृती कोही कसैलाई जानकारी नगराई बैशाख ३ गते घरबाट निस्केर हिडेको परिवारिक श्रोतले जनाएको छ ।
उनि घर नफर्केपछि छरछिमेक, आफन्तकोमा खोजी गर्दा पनि फेला नपरेपछि खोजिका लागि आज जिल्ला प्रहरी कार्यलय धनकुटामा उनकी आमाले निवेदन दिएकी छन् ।
त्यसपछि खोजतलासको काम शूरु गरिएको प्रहरीले जनाएको छ ।



