धनकुटामा आज दिउंसो तीन बजेदेखि बिद्युत अवरुद्द हुने
धनकुटा । धनकुटामा आज केही क्षणको लागि बिद्युत अवरुद्द हुने भएको छ ।
नेपाल बिद्युत प्राधिकरणको धनकुटा वितरण केन्द्र अन्तर्गत रहेको ३३/११ के.भि.सबस्टेशन अगाडि आइसोलेटर स्विच जडान गर्नको लागि पोल गाड्नु पर्ने भएकोले धनकुटा सबस्टेसन बाट बितरण भएका सम्पुर्ण फिडरहरु आधा घण्टाको लागि बन्द हुने भएको छ ।
प्राधिकरणले लेखेको छ : नेपाल विद्युत प्राधिकरण धनकुटा बितरण केन्द्र अन्तर्गत रहेको ३३/११ के.भि.सबस्टेशन अगाडि आइसोलेटर स्विच जडान गर्नको लागि पोल गाड्नु पर्ने भएकोले धनकुटा सबस्टेसन बाट बितरण भएका सम्पुर्ण फिडर हरु आज मिति २०८१/०१/०७ गते दिनको ३:०० बजे देखि दिनको ३:३० बजे सम्म बिद्युत सेवा अवरुद्ध हुने ब्यहोरा जानकारी गराइन्छ ।
ग्राहक महानुभावहरुमा पर्न गएको असुबिधा प्रती प्राधिकरण क्षमा याचना गर्दछ ।


