धनकुटामा सवारी दुर्घटना,दुई जना घाइते
धनकुटा । कोशी लोकमार्ग अन्तर्गत धनकुटा नगरपालिका वडा नं ६ मा आज दिउँसो ट्रक र मोटर साईकल एकापसमा ठोक्किएर दूर्घटना भएको छ । दूर्घटनामा परि दुई जना घाईते भएका छन् ।
घाईते हुनेहरुमा धनकुटा नगरपालिका वडा नं ५ वस्ने वर्ष २० का जियस श्रेष्ठ र सोही स्थानका वर्ष २० कै स्वीकृत योगी रहेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।
धनकुटाबाट धरान तर्फ जादै गरेको प्रदेश ३-००१ क ०५५८ नं को ट्रक र विपरित दिशाबाट आउदै गरेको को ३९ प ९२२ नं मोटरसाईकल एकापसमा ठोक्किएर दूर्घना हुँदा मोटर साईकल चालक जियस र त्यसमा सवार स्वीकृतको घुडा र हातमा चोट लागेर घाईते भएका हुन् ।
घाईते दुई जना मध्ये स्वीकृत जिल्ला अस्पताल धनकुटामा सामान्य उपचार गरि डिस्चार्ज भईसकेको र जियसलाई थप उपचारका लागि धरान लगिएको प्रहरीले जनाएको छ ।
दूर्घटनामा संलग्न ट्रक र ट्रकका चालक धादिङ जिल्ला धादिङ नगरपालिका वडा नं ५ का वर्ष ३५ का सुमन लामा जिल्ला प्रहरी कार्यलय धनकुटाको नियन्त्रणमा रहेका छन् ।


