पाख्रीवासमा सञ्चालनमा आयो दुनाटपरी बनाउने मेशिन

धनकुटा । धनकुटाको पाख्रीवास नगरापलिका वडा नं ८ बैकुण्ठेका महिलाहरुलाई वडाले प्रदान गरेको दुनाटपरी बनाउने मेशिन सञ्चालनमा ल्याईएको छ ।

आर्थिक वर्ष २०७९/८० मा वडा कार्यलयबाट विनियोजित २ लाख ५० हजार बजेट मार्फत मेशिन खरिद गरि महिला दिदीवहिनीहरुलाई वितरण गरिएको थियो । मेशिन खरिदका लागि पहिलो पटक २ लाख मात्र विनियोजन गरिएकोमा दुनाटपरी बनाउने मुख्य भाग सानो हुनेभएपछि फेरी पछि ५० हजार थप गरिएको वडाले जनाएको छ । सो मेशिनबाट यही वैशाख ७ गतेदेखी दुना टपरी बनाउन थालिएको वडाध्यक्ष गजेन्द्र राईले जानकारी दिनुभयो ।

महिला सीप बिकास तथा आर्थिक बिकास महिला लक्षित कार्यक्रम अन्तरगत महिला दिदीवहिनीहरुको सीपलाई स्वरोजगारमुखी बनाउदै उत्पादन र आयआर्जन सँग जोड्ने लक्षका साथ मेशिन वितरण गरिएको हो ।

यसले महिला दिदीवहिनीहरुको सीपलाई आय आर्जनसँग जोड्ने,जंगलमा त्यतिकै खेर जाने सखुवा (साल) को पातको उपयोगिता बढ्ने अपेक्षा छ । मेशिन २०८० जेठमा वितरण गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।