लोकतन्त्र दिवसको अवसरमा धनकुटा अस्पतालका विरामीहरुलाई फलफूल वितरण

धनकुटा,११ बैशाख । लोकतन्त्र दिवसको अवसरमा धनकुटा वहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरुको संस्था अलुम्नाई एशोसिएसन धनकुटाले आज धनकुटा अस्पतालको विरामीहरुलाई फलफूल वितरण गरेको छ ।

अलुम्नाई एशोसिएसन धनकुटा वहुमुखी क्याम्पसका उपाध्यक्ष विजय सन्तोषी राईको अध्यक्षतमा र धनकुटा वहुमुखी क्याम्पसका क्याम्पस प्रमुख होम वहादुर वस्नेतको प्रमुख आतिथ्य तथा प्रेदेश सभाका निर्वतमान सांसद कुसुम कुमारी श्रेष्ठको विशेष आथित्यतमा सम्पन्न फलफूल वितरण कार्यक्रममा धनकुटा अस्पतालमा उपचाररत विरामीहरुलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको संस्थाका महासचिव राजन पा्रडेलले वताउनु भयो ।

कार्यक्रमको उदेश्यमाथि अलुम्नाई एशोसिएसन धनकुटा वहुमुखी क्याम्पसका कोषाध्यक्ष प्रध्यापक यज्ञ गुरागाईले प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा धनकुटा वहुमुखी क्याम्पस प्रमुख वस्नेत, संस्थाका अध्यक्ष उपाध्यक्ष राई,प्रदेश सभाका निर्वतमा सांसद श्रेष्ठ, सहायक क्याम्पस प्रमुखहरु कृष्ण गोवत्द अधिकारी,सूर्यदेव प्रसाद यादव,धनकुटा अस्पतालका मेडिकल अधिकृत डा. सुस्मिन कार्की,संस्थाका महासचिव पौडेल,कोषाध्यक्ष गुरागाई,सदस्य खेमराज पौडेल,धनकुटा वहुमुखी क्याम्पसका मुख्य कार्यालय सहायक रमला नेपाल,त्रिवि वि कर्मचारी संघका सभापती लक्ष्मण कार्की,पूर्व विद्यार्थीहरु चन्द्रकला धमला,शान्ति खड्का लगायतले लोकतन्त्र दिवसको महत्वको वारेमा प्रकाश पार्दै धनकुटा अस्पतालमा उपचार गराईरहनु भएका विरामीहरुको शिघ्र स्वास्थ्य लामको कामना गरी फलफूल वितरण गरेका थिए ।

धनकुटा वहुमुखी क्याम्पसका पूर्व विद्यार्थीहरुले २०७६ सालमा संविधान सभा सदस्य टिकाराम चेम्जोङको अध्यक्षतमा पूर्व विद्यार्थीहरुको संस्था अलुम्नाई एशोसिएसन धनकुटा वहुमुखी क्याम्पस गठन गरी क्रियाशिल रही विभिन्न कार्यक्रमहरु गर्दै आएको संस्थाका महासचिव पौडेलले वताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।