धनकुटा बजार क्षेत्रका ७५ कुकुरको बन्ध्याकरण

धनकुटा, ११ बैशाख । धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरिएको छ । धनकुटा बजारसहित आसपास क्षेत्रका ७५ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको सहयोग लिएर धनकुटा नगरपालिकाले कुकुरको बन्ध्याकरण गराएको हो । छाडा छोडिएका कुकुरहरूले मान्छेलाई समस्या पार्ने गरेको गुनासो आउँने गरेकाले कुकुरको संख्या बढ्न रोकथामका लागि बन्ध्याकरण गरिएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । ‘बजार क्षेत्रमा छाडा छोडिएका कुकुरहरू धेरै छन्, कुकुरको संख्या बढिरहेको छ । त्यस्ता कुकुरले मान्छेलाई समस्या बनाइरहेको गुनासो आउँने गर्छ,’ नगर प्रमुख तामाङले भने, ‘पशुअधिकारका कारण कुकुर मार्न पनि नमिल्ने भएकाले कुकुरको संख्या बढ्न रोकथामका लागि बन्ध्याकरण गर्ने व्यवस्था मिलाएका हौं ।’

रातको समयमा पैदलयात्री र मोटरसाइकलमा यात्रा गर्नेलाई कुकुरले लखेटेर समस्या पार्ने गरेको गुनासो आउँने गरेको छ । बेलाबेला भुस्याहा कुकुरले मान्छेलाई टोकेर आतंक मच्चाउने गरेको छ । यस्तो समस्या रोकथामका लागि पाँच दिन लगाएर कुकुरको बन्ध्याकरण गरिएको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताए । उनका अनुसार बन्ध्याकरणसँगै कुकुरहरूलाई रेबिज रोग विरुद्धको खोप लगाएर छोडिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।