फिनल्याण्डमा हुने भलिबल प्रतियोगिताका लागि एनईएससीको टिम तयार

विराटनगर । फिनल्याण्डमा हुने भलिबल प्रतियोगितामा नेपाली युरोपियन खेलकुद संघ (एनईएससी) सहभागिता जनाउने भएको छ ।
आगामी मे ११ तारिखमा हुने प्रतियोगिताका लागि एनईएससीका तर्फबाट टिमसमेत तयार भएको छ ।

अष्ट्रियाको इन्स्ब्रुकमा केन्द्रीय कार्यालय रहेको एनईएससीले नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । विभिन्न देशका ७ वटा टिम सहभागी हुने प्रतियोगितामा एनईएससीका तर्फबाट अञ्जन अधिकारीको कप्तानीमा ख्याम विक, आङ कामी लामा, गर टेम्बा शेर्पा, राजु विश्वकर्मा, प्रेम विश्वकर्मा, पासाङ निमा शेर्पा (म्याजेजर) सुनिल दियाली, कृष्ण विश्वकर्मा, विवेक बजगाईं, विकास विक, रोहित विश्वकर्मा, नारायण कार्की, अमृत तिवारीले सहभागिता जनाउने निश्चित भएको एनईएससीका अध्यक्ष दिलकुमार घमालले जानकारी दिए । त्यस्तै सल्लाहकार संयोजकमा रुपमा विकास कार्की र डा. किशोर कमल पनि फिनल्याण्ड जानेछन् ।

सन् २०२० मा स्थापित संघले युरोपमा नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ स्थापित संघले यसअघि पनि युरोपका विभिन्न स्थानमा भएका प्रतियोगिताहरूमा सहभागिता जनाइसकेको छ । एनईएससीले पनि मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

“फिनल्याण्डबाट निमन्त्रणा आएको छ । त्यसका लागि टिम पनि तयार भइसकेको छ,” एनईएससीका अध्यक्ष घमालले भने, “हार्नु–जित्नु आफ्नो ठाउँमा छ तर प्रतियोगिताले युरोपमा रहेका नेपालीलाई भावनात्मक रुपमा जोड्ने मैले विश्वास लिएको छु । खेलकुदले टुक्रिएका मनहरू पनि जोड्छ । खेलकुदमा कुनै जात, धर्म, सम्प्रदाय केही हुँदैन । आपसी सद्भाव र भाइचारा अभिवृद्धि गर्न यस्ता प्रतियोगिताले ठूलो भूमिका खेल्ने गर्दछ ।”

प्रतियोगितामा विजयी हुने लक्ष्यका साथ उच्च मनोबल बनाएर खेल्ने गरी तयारी भइरहेको अध्यक्ष घमालको भनाइ थियो । साढे दुई दशकदेखि अष्ट्रियाको इन्स्ब्रुकमा पर्यटन व्यवसायमा संलग्न समाजसेवीसमेत रहेका घमालकै अग्रसरतामा चार वर्षअघि एनईएससी स्थापना भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।