पाख्रीबासमा आगलागी,एक होटल जलेर नष्ट
धनकुटा । धनकुटाको पाख्रीबासमा आगलागी भएको छ ।
जिल्लाको पाख्रीबास नगरपालिका वडा नं ४,रिनटिन डांडामा अवस्थित साझा स्टाफ होटलमा आगलागी हुंदा होटल जलेर पुरा नष्ट भएको छ ।
आज बिहान सब्जी पकाउने क्रममा तेलबाट सल्केको आगोले होटल जलेर नष्ट भएको प्रारम्भिक अनुमान छ ।
क्षतिको विवरण आउन बांकी छ ।


